‘संविधान संशोधन’मा एमाले सहमत, बुधबार सहमतिमा हस्ताक्षर हुँदै

 

काठमाडौं – आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्न सकिने भन्दै आएको नेकपा एमाले आफ्नै नेतृत्वमा संविधान संशोधन गर्न तयार भएको छ । तर संविधानका कुन कुन धारामा कस्तो संशोधन गर्ने भन्ने बारेमा भने औचित्यका आधारमा छलफल हुने एमालेले जनाएको छ ।

दुई तिहाई बहुमत सहितको सरकारको नेतृत्व गर्न अग्रसर भएका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन गर्ने सहमतिमा हस्त्ााक्षर गर्ने भएका छन् । त्यसका लागि एमाले र संघीय समाजवादी फोरमका नेताहरुबीच मंगलवार विभिन्न चरणमा वार्ता भएका छन् ।

फोरमसँग वार्तामा रहेका एमाले नेता सुवास नेम्वाङका अनुसार बुधबारसम्म सहमतिका बुँदामा हस्ताक्षर हुनेछ । नेम्वाङले भने ‘हामी सकारात्मक ढंगले छलफलमा बसेका छौं । बुधवारसम्म सहमति हुन्छ । त्यसपछि कुन कुन विषयमा संविधान संशोधन गर्ने भन्ने टुंगो लाग्छ ।’

स्रोतका अनुसार दुवै पक्षले आ-आफ्नो पक्षबाट सहमतिको मस्यौदा गरिरहेका छन् । कुन कुन बुँदामा संविधान संशोधन गर्ने भनेर दुवै पक्षले खुलाएका छैनन् । फोरमलाई फेस सेभका लागि केही औपचारिक बुँदामा सहमति हुने सम्भावना छ ।

बुधबार शीर्ष तहबाट सहमति जुटाएपछि सहमतिमा हस्ताक्षर हुने र फोरम सरकारमा सहभागी हुनेछ ।

केन्द्र सरकारमा संघीय समाजवादी फोरम सहभागी भएसँगै प्रदेश २ को सरकारमा पनि वाम गठबन्धन सहभागी हुने सम्भावना छ । प्रदेश २ मा फोरम नेतृत्वको सरकारलाई वाम गठबन्धनले विश्वासको मत दिइसकेको छ ।

सिफारिस

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका छन् । बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर ऊर्जामन्त्री घिसिङले प्रधानमन्त्री कार्कीसमक्ष राजीनामा पत्र बुझाएका...

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक दलबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

राष्ट्रिय सभा निर्वाचनमा चार दलबीच तालमेल, कसलाई कति सीट ?

काठमाडौं - आगामी राष्ट्रिय सभा निर्वाचनमा प्रमुख चार राजनीतिक...

कांग्रेसमा विशेष महाधिवेशन अपरिहार्य : जेनजी अगुवा रक्षा बम

काठमाडौं - जेनजी अगुवा रक्षा बमले नेपाली कांग्रेसमा विशेष...

कुलमान र बब्लुलाई राजीनामा दिन प्रधानमन्त्रीको सुझाव

काठमाडौं । प्रधानमन्त्री शुसिला कार्कीले राजनीतिक दलसँग आवद्ध भइसकेका...

एमालेको चुनावी कमान्डर बादल

काठमाडौं - नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा...

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय...

धेरै पढिएको