पल–समिक्षा प्रकरणमा रेखा र ऋचा पनि बोलिन्, को कस्को पक्षमा ?

काठमाडौं । अभिनेता पल शाह केही दिनदेखि जिल्ला प्रहरी कार्यालय, तनहुँको हिरासतमा छन् । एक नाबालिका गायिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शाह प्रहरी हिरासतमा रहेका हुन् ।

गत आइतबार प्रहरी कार्यालय पुगेर आत्मसर्मपण गरेका पल शाह र बलात्कारको सिकारमा परेकी भनिएकी नाबालिका गायिकाबारे विभिन्न टिप्पणीहरु भइरहेको छ ।

यो प्रकरणमा कलाकारहरुले आ–आफ्नै धारणा व्यक्त गरिरहेका छन् । अभिनेत्री रेखा थापाले २० वर्षमुनिका नाबालिका भएकाले उनीहरुको संरक्षण गर्ने दायित्व समाजको भएको बताएकी छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै २० वर्षमुनिका छोरीहरु बालिका भएको र बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार ख्ने भन्दै ससमाजको भूमिका उनीहरुलाई संरक्षण गर्ने रहेको बताइन् ।

उनले भनिन् , ‘कोसँग लभ छ ? कति पटक यौन सम्पर्क भयो ? यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलब हुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन । केटी मान्छे भनेपछि दुनियाँभरि कतै नभएको नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त रहेको छ ।’

अभिनेत्री ऋचा शर्माले पनि नाबालिका गायिकामाथि अन्याय हुन नहुँने बताउँछिन् । मुलुकी अपराध संहिताले १८ वर्षमुनिकासँग यौन सम्बन्ध राख्नु बलात्कार भएको भन्दै उनले कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेका कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको भएको बताइन् ।

उनले लेखेकी छिन्, ‘राज्य भनेको हामी पनि त हौ नि । हैन र रु १८ वर्षमुनिकाको सहमतिमै यौन सम्बन्ध भएपनि बलात्कार ठहरिनुको कानुनी व्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै । अनि नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रबन्ध गरिएको हो ।’

उनले भनेकी छिन्, ‘यति बुझौं नाबालिगकै करमा पनि कसैले सम्बन्ध राख्यो भने त्यो बलात्कार हो । उसैले बोलाएको भनेर कानुनले छुट दिन्न । मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण कानुनको सम्मान हो ।’

ऋचाले पलको पक्षमा लागेर उजुरी दिने गायिकाको चरित्र हत्या गर्ने समाजप्रति पनि आक्रोश व्यक्त गरेकी छन् । यता, अभिनेत्री पूजा शर्माले पल शाह चाँडै नै फर्केर आउने र उनीसँग आफूले अर्को चलचित्रमा काम गर्ने बोलिरहेकी छन् । अभिनेत्री करिश्मा मानन्धरले पनि पलको पक्षमा आफू रहेको बताइन् । करिश्माले पललाई ‘स्टे स्ट्रोङ’ भन्दै शुभेच्छासमेत व्यक्त गरिन् ।

सिफारिस

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

भर्खरै

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

धेरै पढिएको