कोरोनाको महामारी : जापान, अमेरिकाले नागरिक लगे, जहाज पठाउने भारतको तयारी तर, ढुक्क बस्दै नेपाल

कोरोना भाइरसको इपिसेन्टर चीनको हुबेई प्रान्तको वुहानबाट अमेरिकाले दुई सय एक र जापानले दुई सय ६ नागरिक फिर्ता लगिसकेका छन्।

भारत, श्रीलंका, पाकिस्तानलगायत १५ भन्दा बढी देशले पनि विशेष विमान पठाउन चीनको अनुमति पर्खेका छन् ।

तर, महामारीको चपेटामा परेका आफ्ना नागरिक फिर्ता गर्न नेपालले कुनै चासो नदेखाएको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्ले र अर्जुन अधिकारीले लेखेका छन्।

प्रधानमन्त्री केपी ओलीको प्रयासमा यसै साता बसेको सम्बन्धित मन्त्रीहरूको बैठकले चीनबाट नेपालीलाई एयरलिफ्टमार्फत उद्धार गर्न पनि तयार हुनुपर्ने छलफल भएको थियो ।

तर, उनीहरूलाई ल्याउन कुनै कूटनीतिक र व्यवस्थापकीय प्रयास भएको छैन । बरु सरकार ढुक्कसाथ भनिरहेको छ, ‘कुनै खतरा छैन, धैर्य रहनू र चिनियाँ सरकारको सूचना पढेर बस्नू ।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले वुहानलगायत अन्य ठाउँमा रहेका नेपालीलाई तत्काल फिर्ता गर्नुपर्ने अवस्था नरहेको बताए । ‘अध्ययन वा कामका सिलसिलामा चीन गएका नेपालीमा अहिलेसम्म संक्रमण देखिएको छैन । उनीहरू सुरक्षित छन्, अहिले बोलाउनुपर्दैन । सरकारले गर्नुपर्ने तयारी गरिरहेकै छ,’ श्रेष्ठले भने ।

वुहानमा रहेका विद्यार्थीले भने आफूहरू खतरामा रहेकाले घर लगिदिन याचना गरिरहेका छन् ।

‘कोरोना भाइरसले त्रसित बनाएको छ । यहाँ सबै शैक्षिक संस्था, बजार, यातायात पूर्ण बन्द छन् । हामी बाहिर निस्केका छैनौँ । कलेजले हामीलाई आ–आफ्नो दूतावासमा सम्पर्क गरेर घर जान सक्छौ भनेको छ,’ वुहानको थोङ्ची मेडिकल कलेजमा सर्जरीमा पिएचडी गरिरहेका डा. गौरव पोखरेलले भने, ‘हामीलाई सरकारले उद्धार गरोस् ।’

हुबेईमै रहेका अर्का विद्यार्थी डा. अमित शर्माले आफूसँगै पढ्ने भारतीय साथीहरूको उद्धार हुँदै गर्दा सरकारले आफूहरूको जीवनप्रति चासो नदिएकोमा दुःख जनाए ।

‘हामी नेपाल गएर जति दिन पनि निगरानीमा छुट्टै ठाउँमा बस्न तयार छौँ । नेपाल गएर अरूलाई फैलाउन चाहँदैनौँ । हाम्रो स्वास्थ्य जाँच गरेर लैजाओस्,’ शर्माले भने, ‘हामीसँगै बसेका भारतीय साथीहरूलाई लिन शुक्रबार गाडी आउँदै छ । हामी उनीहरू फर्किएको हेरेर बस्न बाध्य छौँ।’

सिफारिस

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले ऊर्जा क्षेत्रको दिगो विकासका लागि साना र मझौला जलविद्युत् आयोजना समेतलाई बेवास्ता नगरी प्राथमिकतामा राख्नुपर्ने...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित फिक्कल डाँडा पर्यटकीय गन्तव्यको रुपमा चर्चा बढ्दै गएको छ। समुद्री सतहबाट २,३८८ मिटरको उचाइमा रहेको...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

धेरै पढिएको