काठमाडौं – बालबालिकाको शैक्षिक प्रणालीमा सुधार ल्याउने अवाकस प्रतियोगिता सम्पन्न भएको छ । बालविकास तथा एनसीमास नामक संस्थाको सहयोगमा भक्तपुरको लोकन्थलीस्थित ‘मातृभूमि स्कुल’मा बिहिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।
अवाकस प्रणालीले विद्यार्थीहरुको मष्तिस्कलाई सक्रिय बनाई पढाइमा एकाग्र बनाउने, गणितिय हिसाबका लागी क्यालकुलेटरको समेत आवश्यकता नपर्ने हुँदा यसलाई प्रभावकारी मानिएको प्राइमरी गणित शिक्षिका रोजनी अवालले बताउनु भयो ।
अवाकस शैक्षिक प्रणालीले बालबालिकामा गणितीय समस्या समाधान हुने, उनीहरुको ध्यान केन्द्रित गर्ने हुँदा अत्यन्त राम्रो र प्रभावकारी रहेको र अभिवाभक र विद्यार्थीले पनि उतिकै रुचाएको बताए । साथै बालबालिकामा आएको सकरात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको अभिभावकहरुको भनाइ छ ।







