नेवि संघका संस्थापक सदस्य अर्यालको निधन

काठमाडौं– नेपाल विद्यार्थी संघका संस्थापक सदस्य तथा नेपाली कांग्रेसका नेता प्रेमनाथ अर्यालको ७६ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । गुल्मी मालिका गाउँपालिका–८ मा २००१ सालमा जन्मिएका अर्याल पछिल्लो समय मधुमेह तथा उच्च रक्तचापका बिरामी थिए ।

इतिहासमा स्नातकोत्तर अर्याल कानुनमा तथा संस्कृत विषयमा शास्त्रीसमेत रहेका थिए । करिब दुई दशक लामो समयसम्म गुल्मीको रेसुंगा क्याम्पसमा अध्यापन गरेर क्यामपस प्रमुखको जिम्मेवारी निभाएका अर्याल कांग्रेस राजनीतिमा पनि सक्रिय थिए । उनी पञ्चायतकालमा पटकपटक गरी ५ पटकभन्दा बढी जेल गएका थिए ।

निष्ठावान राजनीति र समाजसेवीका रूपमा चिनिएका अर्याल कांग्रेस जिल्ला सचिव, महासमिति सदस्यलगायतका विभिन्न जिम्मेवारीमा रहनुका साथै बाल संगठन, नेपाल रेडक्रस सोसाइटी तथा विभिन्न शैक्षिक संस्थामा संलग्न थिए । उनले २०५८ सालमा राष्ट्रिय शिक्षा पुरस्कारसमेत पाएका थिए ।

उनी नागरिककर्मी भीम अर्यालका पिता हुन् । अर्यालका ६ छोरा २ छोरी तथा श्रीमती छन् । उनको शनिबार पशुपति आर्यघाटमा हिन्दु परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । उनीको पार्थीव शरीरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको झन्डा ओडाएर श्रद्धाञ्जली दिएका थिए भने नेता रामचन्द्र पौडेल, महामन्त्री शसांक कोइराला, नेता प्रकाशमान सिंह, केन्द्रीय सदस्य दीपक गिरी, नवीन्द्रराज जोशीलगायतका नेता तथा कार्यकर्ता पशुपति पुगेका थिए ।

उनको निधनले कांग्रेसले एक निष्ठावान नेता गुमाउनुका साथै गुल्मीले एक समाजसेवी तथा असल व्यक्तित्व गुमाएको नेताहरूले धारणा व्यक्त गरेका छन् ।
(नागरिक न्युजबाट)

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको