काठमाण्डौ – महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलज्यूको बिशेष पहलमा माघ ०२ गते देखि संचालित प्रहरी संयुक्त मेश/ सुधार अभियान अन्तर्गत आइतबार एक कार्यक्रमका बिच महानगरीय प्रहरी वृत्त ठिमीमा प्रहरी अधिकृत एवं जवान संयुक्त मेशको निरिक्षण तथा शुभारम्भ भएको छ। ।
उक्त अवसरमा प्रहरी संयुक्त मेशको निर्माण/सुधार गर्ने अभियानमा जारी भएका निर्देशनलाई अक्षरस पालना एवं कार्यान्वयन गरी सर्वप्रथम संयुक्त मेश निर्माण सम्पन्र गरी संचालन गर्न सफल महानगरीय प्रहरी वृत्त ठिमीका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक शान्तिराज कोईराला सहित प्रहरी नायव निरीक्षक पृथ्वी बहादुर खत्री, प्रहरी नायव निरीक्षक तेज बहादुर बस्नेत, प्रहरी हवल्दार रामबाबु कुशवाह र प्रहरी जवान देवेस मिश्रलाई प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले पुरस्कृत गर्नु भयो ।
कार्यक्रममा बोल्दै पोखरेलले भने : मेस सुधारको अभियान चर्चा परिचर्चाको बिषयमात्र नभई वर्षौ देखि चली आएको प्रहरी प्रहरी विचको मनोवैज्ञानीक दुरी अन्त्यको परिष्कृत रूप हो । यसले पदीय जिम्मरवारी बाहेकको भाईचार विकाश गरि अपनत्व भाव सृजना गर्दछ एंव सामुहिक ऐक्यबद्धतालाई प्रोत्साहित गरि अन्ततगोत परिणाम मुखि कार्य सम्पादनमा गहन भुमिका निर्वाह गर्दछ ।
यस अघि प्रहरी कर्मचारीहरूको लागी सिनियर प्रहरी अधिकृत, जुनियर प्रहरी अधिकृत र जवान हवल्दार गरि ३ तहको मेश संचालन हुदै आएको थियो । यसरी संचालनमा आएको मेश प्रणालीबाट तल्लो दर्जाको मेशमा अपेक्षित सुधार हुन नसकेको तथा यसबाट प्रहरी जवान-हवल्दारहरुको मनोबलमा नकाराल्मक असर परेको तथ्यलाई आत्मसाथ गरी सम्पूर्ण मातहत कार्यालयहरुमा अधिकृत जवानहरुको साझा तथा स्तरीय मेश निर्माण/सुधार अभियान शुभारम्भ गरिएको बताउदै मातहत कार्यालयहरुले यस अभियान सफल बनाउन देखाउनु भएको तदारुकता र बिकसित सकारात्मक सोच प्रशंसनिय रहेको समेत बताउनु भयो ।
चौविसै घण्टा डिउटीमा खटिने कर्मचारीहरूलाई गुणस्तरीय खाना, सफा मेश तथा व्यारेक भवन लगायतका सेवा सुविधाहरू उपलब्ध गराए मात्र त्यस कर्मचारीबाट प्रदान हुने सेवा प्रवाह अझबढी स्तरिय र प्रभावकारी हुने अपेक्षा रहेको उहाँले बताउनु भयो । प्रहरी कर्मचारीहरूको सेवा सुविधाको लागी आफु जहापनि जहिले पनि लड्ने, तल्लो वर्गको कर्मचारीहरुको वृत्ति विकासलाई ध्यानमा राखी उनिहरुको मनोबल माथि उकास्न सके मात्र उनीहरुबाट प्रवाह हुने सेवा प्रभावकारी हुने भएकाले आफुले जवान – हवल्दार लक्षित अभियान संचालन गरेको बताउनु भयो ।