कस्ले सुन्ने खै सुदुरको पिडा

केन्द्र सरकारबाट सबैभन्दा टाढा रहेको सुदुरपश्चिम प्रदेश भौगोलिक रुपमा विकटका रुपमा चिनिदै आइरहेको छ । ९ वटा जिल्ला रहेको प्रदेशमा आर्कषक रमणीय ठाउँहरुले घेरेको छ । सुदुरपश्चिमका खप्तड राष्ट्रिय निकुञ्ज, अपी सैपाल हिमाल, उग्रतारा मन्दिर, घोडाघोडी ताल, दोधारा चादानी नदि लगायत विभिन्न प्राकृतिक सुन्दरतानै अझै सुगन्ध थपेको छ । सुदुरपश्चिम प्राकृतिक रुपमा फुलको थङ्गा झै सझिएको भए पनि विकासका गतिविधिमा राजनीतिक दलको आशवासनमा सिमिति हुनु परेको छ ।

बैंशाख ३० गते सरकारले स्थानिय तहको निर्वाचनको मिति तय गरेको छ । निर्वाचनको मिति तोकेसँगै अहिले देशभरी नै चुनावमा प्रचार प्रसारणका लागि नेताहरु गाउँ गाउँ घरदैलोमा जाने क्रम जारी रहेको छ । विभिन्न दलले चुनाव प्रचार प्रसारणका लागि आ आफ्नो तयारीको महोल जुटाइ रहेका छन् । त्यसै क्रममा अहिले सुदुरपश्चिममा समेत नेताहरुको बाक्लो उपस्थिती हुन थालेको छ ।

केन्द्र सरकार भन्दा टाढा रहेको सुदुरपश्चिममा चुनाव महोल ताते पनि जनता भने तेही पुरानो शब्द गुनगुनाइ रहेका छन् । जुन हो कस्ले के दियो र खै आफ्नो पिडा आफैसँग छ ? स्थानिय तह आए पनि सिहं दरबार घरआगन मै पाउने आशा बोकेका सुदुरका जनताले आश्वासन बाहेक केही पाउनन् । हुन त सुदुरका जनताले केन्द्रमा कयौ पटक प्रधानमन्त्री पायो तर जनताले सुदुरको छोराले प्रधानमन्त्री पाएको अनुभुत नै गर्ने पाएन । वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले सुदुरका जनता हितमा आसै उत्साहजन काम गर्ने नसक्दा जनता रुष्ट छन् अरु त कुरै छोडौं देउवाको गृह जिल्लामा न ब्यवस्थित बस पार्क न सडक छ न जनताले विजुली नै पाएका छन् ।

अचम्मको विषय का निर आउछ भने देउवाको गाउँ समेत सडक पुग्न सकेको छैन न त देउवा र्हुकेको ठाउँको विद्यालयमा नै सुधार हुन सकेको छ । देउवा मतदान गर्ने जाने विद्यालय क्षेत्र उही पुरानो छानोमा सिमित रहेको छ । यस वर्ष मंसिर महिनाको सुरुमै आएको भारी वर्षाले सुदुरका कयौ परिवार घरबिहिन बनायो कयौको मुख नजिक आएको बाली नाली नै खोस्यो तर देउवा सोही बेला बलेको आगोमा घिउ थप्न हेलिकप्टर हुदै आफ्नो कार्यकर्तामुखी भेला गरेर र्फकिए ।

भौगोलिक विकटताका कारण अझै पनि जनता साँझ विहानको छाक टार्न धौडधुप मै रोमली रहेका छन् । अन्धविश्वास, रुढीवादी, छाउपडी प्रथा, बोक्सी प्रथा जस्ता सोचमा ग्रसित सुदुरपश्चिम प्रदेशका जनताको घाउमा मलम लगाउन सकिएको छैन । शिक्षा स्वास्थ्य रोजगारी खानेपानीको पहँुचबाट टाढा रहेको प्रदेशका जनतालाई सिहदरबार घरमा आएको अनुभुति नै भएको छैन ।

चुनाबको बेला ठुला ठुला आशवासनमा खुसी भएका सुदुरका जनता चुनाब पछि नेता मुखु समेत देख्न नपाउदा खिन्न सहशुस गरीरहेका छन् । स्थानिय सरकार आउँदा केन्द्रको सिहदरबार पाउने आशामा रहेका जनता उहि साँझ बिहानको छाक भोक मेटाउन सघर्ष गरीरहेका छन नत उच्च शिक्षा पाएका छन नत सडक नत विजुली नत रोजगारी नत सिर्जनात्मक तालिम नै यि त सब आकासको फल आखा तरी मर झै भएको छ । २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन् । बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को तथ्याङकमा रहेको छ । सुदुरका जिल्ला गरिबिको रेखामुनी भइरहदा सरकार भने आवश्वासनमा सिमित भएको छ ।

सुदुरका जनता छिमेकी राष्ट्र भारतमा मजदुरी गरी आफ्नो परिवार खुजेरा गरी रहेका छन् । तेही माथि अर्काको देशमा बिहान देख्न पाउ भनेर सुदुरका युवा ज्यादारी गरीरहेको छन् । अनेक सपना बोकेर प्रदेश जानु पर्ने युवाहरु स्वदेशमा रोगजारीका लागि सरकार तहबाट खासै पहन हुन सकेका छैनन् पहल भएकोमा पनि नेताका खासेपासले मात्र ठाउँ पाउछन् । सुदुरका पहाडी जिल्लाहरुमा गुणस्तरीय शिक्षाको पहुच नहुदा सुदुरका छोरा छोरी बुबा आमाको पसिनाले आर्जित केही रकम बोकेर धनगढी, नेपालगन्ज, काठमाडौं लगायतका सहरमा आउने पर्ने बाध्यता रहेको छ । भौगोलिक विगटताका कारण लामो दुरीको पैदल यात्रा गरी जनता सहरसम्म आफ्नो आधारभुत आवश्यकता खरिद गर्ने आउछन् । उब्जनी योग्य भुमीबाट उब्जेको तरकारी, खेतीपातीले बजार पाउदैन ।

सुदुरका छोरी छाउगोठमा सर्पले डसेर मृत्यु हुन्छ सुदुरकी छोरी बलत्कार पछि मृत्यु हुन्छ बोक्सी प्रथा कुप्रथामा सुुदुरकी छोरी परिरहेकी हुन्छन तर सरकार भने मौन भएर बस्छ । तुइनको अन्त्य गरेको भन्ने सरकारले बालबालिका स्कुल जादै गर्दा दार्चुलामा तुइनमा खसेर मृत्यु भयो भन्ने खबर सुन्दा अलि मन रुदैन होला कि ?

स्थानिय सिहदरबारले अन्धविश्वास अन्त्यका लागि जन चेतना फैलाउनुको साटो बोक्सीको अरोप लगाइ कुटपिटको रमिता हेर्ने अनि बाहिर अन्धविश्वास गर्नु हुदैन भन्दै आर्दशका नारा ठुलो ठुलो स्वरमा चिच्यायदैं गर्दा ति आफ्नै घरमा आफ्नो छोरीबेटी छाउगोठमा सर्पले डसेर मृत्यु भएको खबरले जनप्रतिनिधिको कानबाट खुल्दैन होला की ? अनि हामी अन्धविश्वास जस्ता कुप्रथा अनि महिला बालबालिकाको न्यायका लागि लड्छु भन्ने विभिन्न संघ संस्थाहरु एक नारि बोक्सीको आरोपमा परी रहदा ति संस्था एक विज्ञप्तीमा ध्यानआकर्षक बाहेक अरु गर्न सक्दैन की ? निर्मला पन्त, भागरथी भट्ट, सम्झाना बिक लगायत कयौ हत्यारा अझै पनि फरारमा हुदा प्रहरी प्रशासनको कपी लेख्दै भरीएको छैन कि ?

सुदुरका जनताको समस्या समाधानको पहिलो केन्द्र भनेको नै सरकार हो । नाम जस्तै सुदुरमा नपारी सुन्दर सुदुरपश्चिम बनाउन जनता जागरुप र सचेत हुनु पनि जरुरी छ । नामको सिहदबार नभए कामको सिहदबार बनाउन सरकारी तर्फबाटै नै बिशेष पहल गर्न पर्छ । जनता सचेत भइ जनता कै हितमा लड्न सक्यो भने मात्र सुदुर समृद्धि अनि सम्भावनाको खानी हुने छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको