काठमाडौं – सरकारले गृहसचिवमा महेश्वर न्यौपानेलाई सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो । उनी यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए ।
निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएपछि सो पद रिक्त थियो । अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीको सरवा गरिएको छ ।