काठमाडौं – नेपाल प्रेस युनियन काठमाडौं शाखाको अधिवेशन माघ २८ गते हुने भएको छ । सोमबार बसेको काठमाडौं शाखाको बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । माघ महिनाभित्र जिल्ला अधिवेशन सम्पन्न गर्ने केन्द्रीय समितिको निर्देशनअनुसार जिल्ला अधिवेशनको मिति तय गरिएको अध्यक्ष नकुल अर्यालले बताए ।
अधिवेशनको मिति तोकेसंगै अध्यक्षका लागि प्रेस युनियन बागमती अञ्चल समितिकाे सदस्य सचिव जगन्नाथ दुलालले अध्यक्षमा उम्मेदवारी दिने तयारीमा जुटेका छन्।
समाजशास्त्र र राजनीतिमा स्नातकोत्तर, कानुनमा स्नातक (एलएलबी ) गरेका दुलाल विगत एक दशकदेखि पत्रकारितामा क्रियाशिल रहेका छन्। उनले हिमालय, माउन्टेन टेलिभिजन, काराेबार दैनिकमा काम गरिसेकका छन् । हाल उनी बाह्रखरी डट कममा कार्यरत रहेका छन्।