काठमाडौं – अछामको पञ्चदेवल विनायक नगरपालिकाम वडा अध्यक्षको हत्या भएको छ । वडा नम्बर २ का अध्यक्ष पदमबहादुर धामीको हत्या भएको हो ।
वडा अध्यक्ष धामीको सोमबार घर नजिकै हत्या भएको छ । वडा अध्यक्ष धामीको घर नजिकै क्षतविक्षत अवस्थामा मंगलबार बिहानै शव भेटिएको वडा नम्बर १ का सदस्य तथा सदस्य नेपाली कांग्रेसकाका अछाम प्रवक्ता वेदप्रकाश तिमिल्सिनाले जानकारी दिए ।
वडा अध्यक्ष धामीको हत्या कस्ले गर्यो भन्ने बारे एकीन भइसकेको छैन । प्रहरी घटनास्थलतर्फ जाँदैछ ।
