भक्तपुरका बुद्धकृष्णले छेडे ९ औं पटक जिब्रो (फोटोफिचर)

भक्तपुरको मध्यपुर थिमि नगरपालिका–२ बोडेमा शुक्रबार जिब्रो छेड्ने जात्रा सम्पन्न भएको छ । बिस्का जात्राको क्रममा हरेक वर्ष २ वैशाखमा जिब्रो छेड्ने जात्रा मनाइने परम्परा छ ।

बोडेका ४९ वर्षीय बुद्धकृष्ण वाग श्रेष्ठले यो वर्ष नवौं पटक जिब्रो छेडाएका छन् । उनले जिब्रो छेड्नका लागि तीन दिन अघिदेखि केही नखाई व्रत बसेका थिए । श्रेष्ठले व्रत बसेदेखि जिब्रो नछेडेसम्म नुनसमेत खाएका थिएनन् ।

जिब्रो छेड्ने पाँचौ गणेशको पाटीमा पुगेपछि जात्राका नकर्मी नाइकेले श्रेष्ठको जिब्रो छेडिदिएका थिए । एक महिना अगाडिदेखि तयार पारेर तेलमा डुबाएर राखेको फलामको १० इञ्च लामो सुइरो जिब्रोमा छेड्ने गरिन्छ ।

जिब्रो छेडे लगत्तै बुद्धकृष्णले महादीप बोकेर एक घण्टा नगर परिक्रमा गरेर बोडेको महालक्ष्मी मन्दिरमा पुगेर सुइरो झिकेका थिए । त्यसपछि जात्राको समापन भएको थियो ।

कोरोना भाइरस सङ्क्रमणको कारण २०७६ सालमा बुद्धकृष्णले जिब्रो छेडाउन पाएका थिएनन् ।बुद्धकृष्णले २०६१ सालमा पहिलो पटक जिब्रो छेडाएका उनले त्यसपछि २०६५ सालसम्म लगातार जिब्रो छेडाए ।

बुद्धकृष्ण २०६६ सालमा पनि जिब्रो छेडाउन तयार भई बसे पनि घरमा जुठो परेपछि जिब्रो छेडाउन पाएनन्  ।

जिब्रो छेडेपछि चन्द्राकारको भ्वाय् अर्थात् महाद्विप बोकेर टोल टोल घुम्ने र भाँगु टोलमा पुगेर पाँचो गणेश मन्दिरमा जिब्रो छेडेको सुइरो निकालेर महालक्ष्मी मन्दिरको ठोकेपछि यो जात्रा सम्पन्न हुने परम्परा रहेको छ ।

जिब्रोको घाउमा महालक्ष्मी मन्दिरको माटो झिकेर लाएर जिब्रो छेड्ने व्यक्तिले नाट्यश्वरको पूजा गरेपछि मात्र खानेकुरा खाने प्रचलन रहेको छ । प्वाल भएको जिब्रोमा महालक्ष्मीको माटो लगाएर घाउ निको हुने र त्यसमा अन्य औषधि लाउनु नपर्ने विश्वास रहँदै आएको छ । बोडेको नीलबाराहीसँग यो जात्रा जोडिएकाले पनि यो जात्रालाई निरन्तरता दिन सके बोडे बासिन्दाका लागि शुभ हुने विश्वास रहँदै आएको छ ।

सिफारिस

एमाले नेता रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार

सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छाड्न अस्वीकार गरेको छ।  न्यायाधीशद्वय कुमार रेग्मीर टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासले रायमाझीसहित ७ जनालाई थुनामै राख्न आदेश...

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) लाई पराजित गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सहयोगमा राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रिय फोटो पत्रकारिता दिवस : मैत्रीपूर्ण खेलमा बंगलादेशी टोलीसंग एनएफपिजे नेपाल पराजित

काठमाडौँ -अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बंगलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय...

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

धेरै पढिएको