९१ वर्षीय भद्रकुमारी घलेले एकै पटक १५१ वटा पुस्तक विमोचन गर्दै, को हुन् उनी ? (भिडियोसहित)

काठमाडौँ – पूर्व राजनीतिज्ञ, समाजसेवी, साहित्यकार तथा कलाकार भद्रकुमारी घलेको १५१ वटा पुस्तक प्रकाशित भएका छन् । उनले लेखेका पुस्तकलाई एक कार्यक्रम गरी यहि बैशाख १० गते विमोचन गर्ने कार्यक्रम तय भएको भद्रकुमारी घले सेवा सदनका संस्थापक अध्यक्षसमेत रहेकी घलेले बताइन् ।

उनले आफ्नो पुस्तकमा मान्छे कसरी मान्छे बन्ने, मान्छेले मान्छे र राष्ट्रको सेवा कसरी गर्ने लगायत विषय समावेश गरेकी छिन् । पत्रकार सम्मेलनमार्फत उनले पूर्व प्रधानन्यायाधीश तथा प्रथम महिला न्यायधीश सुशीला कार्कीको प्रमुख आतिथ्यतामा १५१ जना महिलाको हातबाट सो  पुस्तकहरूको विमोचन एकैसाथ गर्ने तयारी भएको जानकारी गराइन् ।

विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भागाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसकेका घलेले यसअघि एउटै मञ्चबाट ४९ पुस्तकको एकैसाथ विमोचन गरेकी थिइन् ।

९ दशक उमेर पास गरिसकेकी घलेका प्रकाशित १५१ पुस्तकहरु निवन्ध, कविता र भजन सङ्ग्रहहरु रहेका छन् । यी पुस्तकहरुमा जीवन, जगत, कोरोना भाइरस महामारीको भागाइ, नेपालको समसामयिक राजनीतिक असर, सामाजिक चेतना, दर्शन, इतिहासका विषयबस्तुहरु समेटिएका छन् ।

भद्रकुमारी घलेले गान्धी आश्रम वर्धामा ५ वर्षे विनिता, इन्दौर भारतमा ९ महिना जनरल नर्शको अध्ययन गरेकी छिन् भने भारतको गुजरातमा २००९ सालमा १६ महिना मिडवाइफ नर्स तालिम गरेकी छिन् ।

यस्तै उनले २०१३ सालमा जानकी पब्लिक हस्पिटलमाच सेवा गरेकी थिइन् । उनले २०१८ सालमा पञ्चायत कालदेखि नेपाल महिला संगठनमा जिल्ला सभापति भएर काम गरेकी थिइन् भने १०१९ देखि २०२२ सालमा अञ्चल सभापति बनेकी थिइन् ।

घले २०२३ सालदेखि २०२६ सालसम्म माननीय बनेकी थिइन् । २०३१ देखि २०३४ सालसम्म तीनपटक महिला संगठनमा रहेकी थिइन् । उनी २०३६ सालमा जनमत संग्रहपछि ५ वर्ष क्षेत्रीय प्रतिनिधि बन्दै २ वर्ष श्रम तथा समाज कल्याणमन्त्री बनेकी थिइन् ।

उनी नेपाल चर्खा प्रचारक गान्धी तुलसी मेहर गुठीका अध्यक्ष, पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारका अध्यक्ष, ज्ञानदीप प्रावि, कमारीगालका अध्यक्ष, पशुपति क्याम्पसका अध्यक्ष र वनिता त्रैमासिक (मानार्थ संरक्षक) गोधूलि साहित्य प्रतिष्ठानको विशिष्ठ सदस्यको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

यस्तै उनी सिर्जनात्मक कला गुठीकी कार्यकारी सदस्य, नेपाल रेडक्रस, नारी साहित्य प्रतिष्ठान, गन्जन, नेपाल क्षयरोग, नेपाल बालसगठन, नपाल कुष्ठराग, उन्नयन, जनमत, भानु (आजीवन सदस्य), तम छाँजधी, तमं बौद्ध सेवासमिति, तम परिषद्, दायित्वर वनिताकी सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन् ।

विभिन्न समयमा राजा महेन्द्र, राजा ५ वीरेन्द्र, ऐश्वर्य, प्रिन्सेस शाह, कोमल, शान्ति सरकार तथा राजपरिवारबाट मात्र एकल चित्रकला प्रदर्शनीको सातपटक उद्घाटन भएको थियो ।

यस्तै उनी दार्जिलिङमा सुवास घिसिङबाट आयोजित आर्ट ग्यालरी र राष्ट्रिय शोहरूमा भाग लिएको, विराटनगरमा एकल चित्रकला प्रदर्शनी लगायतमा सहभागी भएकी आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

उनले विभिन्न ७० वटा देशमा भ्रमण गरेकी छिन् । उनले बैंकक, हङकङ, जापान, मंगोलिया, जर्मनी, बेल्जियम, फ्रान्स, स्वीजरल्यान्ड, लन्डनलगायत देशभा भारत भ्रमण गरिसकेकी छिन् ।

उनले गोर्खा दक्षिणवाहु दोस्रो, दैवीप्रकोप पदक, वीरेन्द्र ऐश्वर्या पदक, रत्नश्री हिरक पदक, गद्दी आरोहण पदक, स्वर्ण जयन्ती पदक, सेवा पदक पाइसकेकी छिन् ।

उनले काठमाडौ नगर विकास क्षेत्रबाट भएको कविता प्रतियोगितामा स्वर्णपदक र रजतपदकलगायत सम्मान पाइसकेकी छिन् । उनले १२५ सस्थाबाट उपहार र अभिनन्दन ६०० दोसल्ला ७५ वर्षको उमेरमा राष्ट्रिय अभिनन्दन समेत पाइसकेी छिन् । उनको समाजसेवा, चित्रकारिता, साहित्यसिर्जना रुचीको रुपमा रहेको छ ।

भिडियो 

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको