अज्ञात समूहद्वारा प्रहरी चौकीमा आक्रमण, चौकी इञ्चार्जसहित दुई प्रहरी घाइते

सिन्धुपाल्चोक – पाँचपोखरी थाङपालधाप गाउँपालिका–८ तिपेनीको प्रहरी चौकिमा शुक्रबार राति अज्ञात समूहले आक्रमण गरेको छ। आक्रमणमा परी प्रहरी चौकीका इञ्चार्जसहित दुई प्रहरी घाइते भएका छन्। राति करिब १ बजे १० वटाभन्दा धेरै मोटरसाइकलमा आएको समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेले जानकारी दिए।

उक्त समूहले प्रहरी चौकीमा ढुंगामुडा गरेको प्रहरीले बताएको छ। आक्रमणबाट चौकीका इञ्चार्ज असइ सन्तोषकुमार झा र प्रहरी हवल्दार हरिबहादुर मगर घाइते भएका छन्। प्रहरीले आक्रमण रोक्न पाँच राउण्ड हवाई फायर गरेको बताइएको छ। असइ झालाई उपचारकाा लागि काठमाडौं लगिएको छ।

हवल्दार मगरको मेलम्चीमा उपचार भइरहेको छ। आक्रमणमा संलग्नमध्ये एकजना र दुईवटा मोटरसाइकाल नियन्त्रणमा लिएको प्रहरी निरीक्षक घिमिरेले जानकारी दिए। घटनालगत्तै इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमाको टोली तिपेनी पुगेको थियो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रज्वल महर्जन पनि राति नै घटनास्थलमा पुगेका थिए। प्रहरी चौकीमा किन आक्रमण गरियो भन्ने अहिलेसम्म खुल्न सकेको छैन। अहिले त्यहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान सुरू गरेको प्रहरीले बताएको छ।

सिफारिस

पुल्चोकमा रथारोहणसँगै रातो मच्छिन्द्रनाथ जात्रा प्रारम्भ (तस्वीरहरू)

काठमाडौं — वर्षा र सहकालका देवता मानिने रातो मच्छिन्द्रनाथ को रथारोहण शनिबार सम्पन्न गरिएको छ। हरेक वर्ष वैशाख शुक्ल पक्ष प्रतिपदाको दिन साइत निकालेर मच्छिन्द्रनाथलाई...

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा खानेकुरा खान...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) का प्रतिनिधिहरूले सभामुख डीपी अर्यालसँग भेट गरी संसदीय रिपोर्टिङका क्रममा फोटो पत्रकारहरूले भोग्नुपरेका विविध समस्याबारे...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मातातिर्थ औंसीमा मुस्ताङको कागबेनीमा श्राद्ध गर्नेहरूको भीड (तस्वीरहरू)

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन ।...

सभामुखसँग फोटो पत्रकारको भेट: संसदीय रिपोर्टिङका समस्याबारे ध्यानाकर्षण

काठमाडौं, वैशाख — राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे)...

एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं...

दीपक खड्का पक्राउ कानुनसम्मत देखिएन थुनामुक्त गर्नुस् : सर्वाेच्च

सर्वोच्च अदालतले पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई थुनामुक्त...

महिला क्रिकेटर खुशी डंगोल ‘फेस अफ कर्पोरेट टि–१०’ नियुक्त

काठमाडौं — काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि.ले आयोजना गर्न...

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीलाई क्यानले बुधबार...

धेरै पढिएको