बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई षडयन्त्रपूर्वक फसाइयो : देउवा

रामेछाप – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेता विजयकुमार गच्छेदारलाई षडयन्त्रपूर्वक फसाइएको बताएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार मान्छेले पार्टीगत नभई स्वविवेकले काम गरेर आयोगको गरिमालाई उच्च बनाउनु पर्नेमा जोड दिए ।

शनिबार शेरबहादुर तमाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको शव बाहन तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा मन्थली पुगेका देउवाले जनताको कर खाएका सरकारी कर्मचारी र सुरक्षाकर्मीले पार्टी, जनप्रतिनिधि र सरकारको गुनगान गाउने काम हैन जनताको सेवामा लागि पर्नुपर्ने बताए। कार्यक्रममा छोटो समय बोलेका देउवाले देशको राजनीतिक अवस्थाबारे भने केही बोलेनन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबार राजकाज दुईदिनको घामछाया भएकाले अहिलेका नेकपाका साथीहरूले धेरै उफ्रिन आवश्यक नरहेको बताए । अहिले जसको जित र हार भयो त्यो सधैंका लागि नभएको उनको भनाइ थियो। हिजो र आजको अवस्था हेर्दा मुलुकमा विकासको बाटो भने भएको उनको दाबी थियो।

मुलुकमा बन्दुकै बन्दुकको भीडन्त चलिरहेको भए मुलुक थप तहस नहस हुने थियो तर गिरिजाप्रसाद कोइरालाले नेतृत्व लिएर मुलुकमा शान्ति स्थापना गराएकै कारण मुलुक यो घडीमा आइपुगेको शर्माले बताए। कांग्रेसले सबैलाई साथ लिएर संविधान जारी नगरेको भए मुलुक यो अवस्थामा नआउने शर्माको ठोकुवा थियो। संविधानकै कारण मुलुकको स्थायी सरकार पाएको र गाउँसम्म स्थानीय जनप्रतिनिधि पाएको उनले बताए।
नागरिकबाट

सिफारिस

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

भर्खरै

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

धेरै पढिएको