बालुवाटार जग्गा प्रकरणमा गच्छदारलाई षडयन्त्रपूर्वक फसाइयो : देउवा

रामेछाप – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार जग्गा प्रकरणमा आफ्ना पार्टीका नेता विजयकुमार गच्छेदारलाई षडयन्त्रपूर्वक फसाइएको बताएका छन् । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका जिम्मेवार मान्छेले पार्टीगत नभई स्वविवेकले काम गरेर आयोगको गरिमालाई उच्च बनाउनु पर्नेमा जोड दिए ।

शनिबार शेरबहादुर तमाङ स्मृति प्रतिष्ठानले आयोजना गरेको शव बाहन तथा एम्बुलेन्स हस्तान्तरण समारोहमा मन्थली पुगेका देउवाले जनताको कर खाएका सरकारी कर्मचारी र सुरक्षाकर्मीले पार्टी, जनप्रतिनिधि र सरकारको गुनगान गाउने काम हैन जनताको सेवामा लागि पर्नुपर्ने बताए। कार्यक्रममा छोटो समय बोलेका देउवाले देशको राजनीतिक अवस्थाबारे भने केही बोलेनन् ।

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सिंहदरबार राजकाज दुईदिनको घामछाया भएकाले अहिलेका नेकपाका साथीहरूले धेरै उफ्रिन आवश्यक नरहेको बताए । अहिले जसको जित र हार भयो त्यो सधैंका लागि नभएको उनको भनाइ थियो। हिजो र आजको अवस्था हेर्दा मुलुकमा विकासको बाटो भने भएको उनको दाबी थियो।

मुलुकमा बन्दुकै बन्दुकको भीडन्त चलिरहेको भए मुलुक थप तहस नहस हुने थियो तर गिरिजाप्रसाद कोइरालाले नेतृत्व लिएर मुलुकमा शान्ति स्थापना गराएकै कारण मुलुक यो घडीमा आइपुगेको शर्माले बताए। कांग्रेसले सबैलाई साथ लिएर संविधान जारी नगरेको भए मुलुक यो अवस्थामा नआउने शर्माको ठोकुवा थियो। संविधानकै कारण मुलुकको स्थायी सरकार पाएको र गाउँसम्म स्थानीय जनप्रतिनिधि पाएको उनले बताए।
नागरिकबाट

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको