पूर्व राजनीतिज्ञ, समाजसेवी, साहित्यकार तथा कलाकार भद्रकुमारी घलेको १५१ वटा पुस्तक विमोचन गरिएको छ । शनिबार भद्रकुमारी घले सेवा सदनमा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश तथा प्रथम महिला न्यायधीश शुशिला कार्कीसहित १५१ जना महिलाको हातबाट सो पुस्तक विमोचन गरिएको हो ।

पुस्तकमा बुढाबुढीको गन्थन, मान्छे कसरी मान्छे बन्ने, मान्छेले मान्छे र राष्ट्रको सेवा कसरी गर्ने लगायत विषय समावेश गरेको उनले बताइन् ।

त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि कार्कीले लेखक घलेको प्रशंसा गर्दै  उहाँको बयान सेस नागले पनि गर्न नसक्ने बताइन्।  घलेको नेपालमा कुनै व्यक्तिसंग तुलना नै गर्न नसकिने भन्दै उनको बुक  गिनिज बुकमा नाम लेखाउनु पहल गर्नु पर्ने समेत उनले जोड दिइन्। कार्कीले भद्रकुमारी घले सेवा सदनमा राखिएको म्युजिय, चित्रकला र पुस्तकालय देखेर आफु छक्क परेको बताइन्।

कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानन्यायाधीश शुशिला कार्की, लेखक भद्रकुमारी घलेलाई अभिनन्दन गर्दै पत्रकार दीपक शिशिरलाई १ लाख नगदसहित सम्मान गरिएको थियो ।

विविध विधाका साहित्य, संस्कृति, कला र आफ्नै जीवन भागाइसँग सम्बन्धित १४१ पुस्तकहरु प्रकाशित गरिसकेका घलेले यसअघि एउटै मञ्चबाट ४९ पुस्तकको एकैसाथ विमोचन गरेकी थिइन् ।

पत्रकार दीपक शिशिरलाई सम्मान गर्दै भद्रकुमारी घले सेवा सदनका अध्यक्ष

९ दशक उमेर पास गरिसकेकी घलेका प्रकाशित १५१ पुस्तकहरु निवन्ध, कविता र भजन सङ्ग्रहहरु रहेका छन् । यी पुस्तकहरुमा जीवन, जगत, कोरोना भाइरस महामारीको भागाइ, नेपालको समसामयिक राजनीतिक असर, सामाजिक चेतना, दर्शन, इतिहासका विषयबस्तुहरु समेटिएका छन् ।

भद्रकुमारी घलेले गान्धी आश्रम वर्धामा ५ वर्षे विनिता, इन्दौर भारतमा ९ महिना जनरल नर्शको अध्ययन गरेकी छिन् भने भारतको गुजरातमा २००९ सालमा १६ महिना मिडवाइफ नर्स तालिम गरेकी छिन् ।

यस्तै उनले २०१३ सालमा जानकी पब्लिक हस्पिटलमाच सेवा गरेकी थिइन् । उनले २०१८ सालमा पञ्चायत कालदेखि नेपाल महिला संगठनमा जिल्ला सभापति भएर काम गरेकी थिइन् भने १०१९ देखि २०२२ सालमा अञ्चल सभापति बनेकी थिइन् ।

घले २०२३ सालदेखि २०२६ सालसम्म माननीय बनेकी थिइन् । २०३१ देखि २०३४ सालसम्म तीनपटक महिला संगठनमा रहेकी थिइन् । उनी २०३६ सालमा जनमत संग्रहपछि ५ वर्ष क्षेत्रीय प्रतिनिधि बन्दै २ वर्ष श्रम तथा समाज कल्याणमन्त्री बनेकी थिइन् ।

उनी नेपाल चर्खा प्रचारक गान्धी तुलसी मेहर गुठीका अध्यक्ष, पद्यकन्या विद्याश्रम माध्यमिक विद्यालय, डिल्लीबजारका अध्यक्ष, ज्ञानदीप प्रावि, कमारीगालका अध्यक्ष, पशुपति क्याम्पसका अध्यक्ष र वनिता त्रैमासिक (मानार्थ संरक्षक) गोधूलि साहित्य प्रतिष्ठानको विशिष्ठ सदस्यको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।

यस्तै उनी सिर्जनात्मक कला गुठीकी कार्यकारी सदस्य, नेपाल रेडक्रस, नारी साहित्य प्रतिष्ठान, गन्जन, नेपाल क्षयरोग, नेपाल बालसगठन, नपाल कुष्ठराग, उन्नयन, जनमत, भानु (आजीवन सदस्य), तम छाँजधी, तमं बौद्ध सेवासमिति, तम परिषद्, दायित्वर वनिताकी सल्लाहकारको जिम्मेवारीसमेत सम्हालिसकेकी छिन् ।

विभिन्न समयमा राजा महेन्द्र, राजा ५ वीरेन्द्र, ऐश्वर्य, प्रिन्सेस शाह, कोमल, शान्ति सरकार तथा राजपरिवारबाट मात्र एकल चित्रकला प्रदर्शनीको सातपटक उद्घाटन भएको थियो ।

यस्तै उनी दार्जिलिङमा सुवास घिसिङबाट आयोजित आर्ट ग्यालरी र राष्ट्रिय शोहरूमा भाग लिएको, विराटनगरमा एकल चित्रकला प्रदर्शनी लगायतमा सहभागी भएकी आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।

उनले विभिन्न ७० वटा देशमा भ्रमण गरेकी छिन् । उनले बैंकक, हङकङ, जापान, मंगोलिया, जर्मनी, बेल्जियम, फ्रान्स, स्वीजरल्यान्ड, लन्डनलगायत देशभा भारत भ्रमण गरिसकेकी छिन् ।

उनले गोर्खा दक्षिणवाहु दोस्रो, दैवीप्रकोप पदक, वीरेन्द्र ऐश्वर्या पदक, रत्नश्री हिरक पदक, गद्दी आरोहण पदक, स्वर्ण जयन्ती पदक, सेवा पदक पाइसकेकी छिन् ।

उनले काठमाडौ नगर विकास क्षेत्रबाट भएको कविता प्रतियोगितामा स्वर्णपदक र रजतपदकलगायत सम्मान पाइसकेकी छिन् । उनले १२५ सस्थाबाट उपहार र अभिनन्दन ६०० दोसल्ला ७५ वर्षको उमेरमा राष्ट्रिय अभिनन्दन समेत पाइसकेी छिन् । उनको समाजसेवा, चित्रकारिता, साहित्यसिर्जना रुचीको रुपमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here