बिदा हुँदै खनाल : नयाँ आईजीपी को ?

नेपाल प्रहरीको भावी नेतृत्व चयनका विषयमा उच्च तहमा छलफल शुरू भएको छ ।

यही २८ गते मङ्गलबार ३० वर्षे सेवा अवधिका कारण प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल बिदाइ हुनेछन्।

गृह मन्त्रालय स्रोतका अनुसार प्रहरी महानिरीक्षक नियुक्तिका लागि छलफल शुरू भएको छ ।

सम्भवतः २७ गते साँझसम्ममा सरकारले नेतृत्व चयनका विषयमा नयाँ निर्णय गरिसक्ने अपेक्षा गरिएको छ । प्रहरी महानिरीक्षकको सम्भावित उम्मेदवारका रूपमा प्रहरी नायव महानिरीक्षक (डीआईजी) द्वय ठाकुरीप्रसाद ज्ञवाली र तारिणी लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन्।

डीआईजी ज्ञवाली र लम्साल २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । वर्तमान महानिरीक्षक खनालका एकै विज्ञापनमा ज्ञवाली र लम्साल सेवा प्रवेशमा वैकल्पिक उम्मेदवार भएका कारण पाँच महिना ढिलो नियुक्ति पाएका थिए । सोही समूहका सूर्यप्रसाद उपाध्याय भने डीआईजी बढुवा हुँदा पछाडि परेका थिए ।

अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७औंँ प्रहरी महानिरीक्षक बन्ने छन् । त्यो पनि प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नै नभई सीधै डीआईजीबाट आईजीपी हुनेछन् ।

सिफारिस

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले निरन्तरता पाउने भएको छ। नेपालस्थित अमेरिकी दूतावासका अनुसार नेपालले मिलेनियम च्यालेन्ज कर्पोरेसनसँग गरेको अनुदान सम्झौतालाई अमेरिकी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ।...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको