कोरोना भाइरस : मृत्यु हुनेको सङ्ख्या ९ सय नाघ्यो, आइतबार थप ९७ जनाको मृत्यु

चीनको उहानबाट फैलिएको नोवल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले आइतबार साँझसम्म थप ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यससँगै हालसम्म उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय १० पुगेको छ।

मृत्यु हुनेमा ९ सय ८ जना चिनियाँ नागरिक हुन् भने एक जना अमेरिकी र एक जना जापानी नागरिकको मृत्यु भएको छ। फिलिपिन्स र हङकङमा एक-एक जनाबाहेक सबै चीनमै मृत्यु भएका हुन्। चीनमा मृत्यु हुने र सङ्क्रमित अधिकांश उहानका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले उक्त भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा मात्रै ४० हजार पुगेको जनाएको छ।

उहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण हाल विश्वका करिब ३० देशमा फैलिसकेको छ। श्वासप्रवासको माध्यमबाट मानिसबाट मानिसमा सर्ने उक्त भाइरस नियन्त्रणका लागि चीन सरकारले प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन सकेको छैन। उक्त भाइरसविरुद्धको खोप तयारीका लागि चिकित्सकहरू लागि परेका छन्।

चीनले कोरोना भाइरसबाट प्रभावितको उपचारका लागि छुट्टै उहानमा अस्पताल बनाएर सञ्चालनमा ल्याइसकेको छ भने अर्को अस्पताल निर्माण गरिरहेको छ। उक्त भाइरस थप फैलन नदिन विश्वव्यापी सतर्कता अपनाइएको छ र नियन्त्रणकाे प्रयास भइरहेकाे छ।

सिफारिस

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले राजनीतिक नेतृत्वले काम गर्न खोज्दा कर्मचारीले सहयोग नगरेको बताउनुभएको छ । राष्ट्रिय सभाको संघीयता सबलीकरण...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’ बाट सम्मानित भएका छन् । नेपाल संगीत उद्योग संघले बुधबार राजधानीमा आयोजना गरेको ‘विश्नाथ केडिया...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा फूल फुलेपछि काठमाडौँ उपत्यकाका धेरै सडक किनारामा  रङ्गिएको हो। मध्य चैतदेखि वैशाखसम्म ज्याकाराण्डाले काठमाडौँको सुन्दरतामा थप...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

काठमाडौँ उपत्यकाका सडक किनारमा ढकमक्क ज्याकाराण्डा (तस्वीरहरू)

काठमाडौँ - काठमाडौँ सहर यतिबेला रङ्गिएको छ । ज्याकाराण्डा...

कस्तो रहला आइतबारसम्मको मौसम ?

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

भाइरल भेलु बाजेको निधन

सामाजिक सञ्जाल र युट्युवमा भेलुबाजेका नामले भाइरल प्यूठानका मिनबहादुर...

एकैपटक ४८ जना उपसचिवहरुको सरुवा (सूचीसहित)

काठमाडौं - सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको...

संघीय संसद्को बजेट अधिवेशन आह्वान

काठमाडौं - संसदको बजेट अधिवेशन आव्हान गरिएको छ । मन्त्रिपरिषद्को...

धेरै पढिएको