कोरोना भाइरस : मृत्यु हुनेको सङ्ख्या ९ सय नाघ्यो, आइतबार थप ९७ जनाको मृत्यु

चीनको उहानबाट फैलिएको नोवल कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय नाघेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले आइतबार साँझसम्म थप ९७ जनाको मृत्यु भएको पुष्टि गरेको छ। यससँगै हालसम्म उक्त भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ९ सय १० पुगेको छ।

मृत्यु हुनेमा ९ सय ८ जना चिनियाँ नागरिक हुन् भने एक जना अमेरिकी र एक जना जापानी नागरिकको मृत्यु भएको छ। फिलिपिन्स र हङकङमा एक-एक जनाबाहेक सबै चीनमै मृत्यु भएका हुन्। चीनमा मृत्यु हुने र सङ्क्रमित अधिकांश उहानका छन्।

चीनको राष्ट्रिय स्वास्थ्य परिषद्ले उक्त भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या चीनमा मात्रै ४० हजार पुगेको जनाएको छ।

उहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण हाल विश्वका करिब ३० देशमा फैलिसकेको छ। श्वासप्रवासको माध्यमबाट मानिसबाट मानिसमा सर्ने उक्त भाइरस नियन्त्रणका लागि चीन सरकारले प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन सकेको छैन। उक्त भाइरसविरुद्धको खोप तयारीका लागि चिकित्सकहरू लागि परेका छन्।

चीनले कोरोना भाइरसबाट प्रभावितको उपचारका लागि छुट्टै उहानमा अस्पताल बनाएर सञ्चालनमा ल्याइसकेको छ भने अर्को अस्पताल निर्माण गरिरहेको छ। उक्त भाइरस थप फैलन नदिन विश्वव्यापी सतर्कता अपनाइएको छ र नियन्त्रणकाे प्रयास भइरहेकाे छ।

सिफारिस

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूले जितेको छ। रोयल स्पोर्ट्स पार्कमा हिजो सम्पन्न भएको फाइनलमा ब्याकयार्ड बीलाई...

भर्खरै

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

धेरै पढिएको