इपिएस कोटा वृद्धि गर्न कोरिया सरकारलाई नेपालको आग्रह

काठमाडौं – नेपाली युवाका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा रोजगारीको कोटा वृद्धि गर्न नेपालले आग्रह गरेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङसिकले सोमबार गरेको शिष्टाचार भेटमा मन्त्री यादवले रोजगारीको कोटा वृद्धि गर्न आग्रह गरेका हुन् ।

भेटमा उनले कोटा वृद्धि भएमा भाषा तथ सीप परीक्षा पास गरेका युवा प्रतिक्षामा बस्नुपर्ने अवस्थामा कमी आउने बताए । उनले कोरियामा रहेका नेपाली श्रमिकलाई त्यहाँको पेन्सन प्रणालीमा समेट्न आग्रह गरेका थिए । भेटमा मन्त्री यादवले इपिएस भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । सो अवसरमा उनले तालिम प्रदायक संस्थाको क्षमता विस्तारमा कोरिया सरकारसँग सहयोगका लागि आग्रह गरेका थिए ।

भेटमा राजदूत योङसिकले दक्षिण कोरियामा रहेका नेपाली श्रमिकले गरेको कामको प्रशंसा गर्दै भाषा परीक्षालाई थप मर्यादित र व्यवस्थित बनाउन पूर्वाधार निर्माण गर्ने बताएका थिए। कोरियामा रहेका नेपाली कामदारको आत्महत्या सम्बन्धी विषयलाई सरकारले गम्भीरताका साथ लिएको उल्लेख गर्दै उनले आत्महत्या न्यूनीकरणका लागि आवश्यक प्रबन्ध गर्ने बताए । उनले नेपाली श्रमिकका परिवारसँगको सम्पर्कलाई थप सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका श्रम मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिए ।
रासस

सिफारिस

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद अली अल–अन्सारीले आज अपराह्न नेपाली–फिलिपिनी संघ (NFA) का पदाधिकारीहरूलाई कतार दूतावासमा स्वागत गर्नुभयो। शिष्टाचार भेटका क्रममा...

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच ट्राफिक व्यवस्थापनमा खटिएका प्रहरीहरूको अनुहारमा थकान झल्किरहेको थियो। तर, यही व्यस्त सहरको एक कुनामा एक...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

सानो सद्भाव, ठूलो प्रभाव: ट्राफिक प्रहरीका लागि शिशिरको प्रेरणादायी पहल

बुटवल — चर्को घाम, धुलो र लगातार गुडिरहने सवारीसाधनबीच...

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

धेरै पढिएको