मतदाता परिचयपत्र हराएमा वा छुटेमा यसरी हाल्न सकिन्छ भोट

काठमाडौं – वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा मतदाता परिचयपत्र नभएकाहरुले पनि मतदान गर्न पाउने भएका छन् ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता भएका सवैले मतदान गर्न पाउने व्यवस्था गरिएको बताए ।

मंगलबार निर्वाचन आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मतदाता परिचयपत्र साथमा नभएकालाई मताधिकारबाट वञ्चित नगरिने बताएका हुन् ।मतदानका लागि परिचयपत्र अनिवार्य हो कि नागरिकताले पनि पाउने भन्ने प्रश्नमा उनले नागरिकता प्राप्त गरेका सवै नागरिकले मतदान गर्ने पाउने गरि व्यवस्था गरिएको बताए ।

यस्तै सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द गर्ने निर्णय गरेको छ ।

सरकारले मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो। शिक्षक महासंघका अध्यक्ष कमला तुलाधारले आजबाट सबै विद्यालय बन्द हुने जानकारी दिए। उनले भनेुआधाभन्दा बढी विद्यालयमा मतदान केन्द्र छन्।

बाँकी रहेका विद्यालयका शिक्षक मतदान गर्न आफ्नो जिल्ला जानुपर्ने र केही शिक्षक मतदान केन्द्रमा खटिनुपर्ने भएकाले आजबाट बिदा हुने भएको हो।ु हाल देशभर करिब २७ हजार सामुदायिक विद्यालय छन्।

करिब ८ हजार निजी विद्यालय छन्। सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ।

सिफारिस

नेपाली सेना र भारतीय सेनाबीच संयुक्त अभ्यास ‘सूर्य किरण’ सम्पन्न

काठमाडौं - नेपाली सेना र भारतीय सेनाका फौजबीच संयुक्त सैन्य अभ्यास सम्पन्न भएको छ । ९ मंसिरमा भारतको पिथौरागढमा संञ्चालित १९ औं संस्करणको सुयक्त...

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वालिफायरमा विराटनगर किंग्समाथि एकपक्षीय...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव समारोह तथा विविध सांस्कृतिक कार्यक्रम–२०८२ उत्साहपूर्वक सम्पन्न गरिएको छ । काठमाडौंको दरबार मार्गमा रहेको क्लबद्वारा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

एनपीएल: सुदूरपश्चिम लगातार दोस्रो पटक फाइनलमा (तस्वीरहरू)

काठमाडौं - सुदूरपश्चिम लगातार दोस्रो पटक सिद्धार्थ बैँक नेपाल...

मेरो सारंगी रोधी क्लबको यसरी मनायो प्रथम बार्षिक उत्सव

काठमाडौं - मेरो सारंगी रोधी क्लबको प्रथम बार्षिक उत्सव...

रात्रीकालिन समयमा यस्तो देखियो दशरथ रंगशाला (तस्वीरहरू)

काठमाडौं त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साफ क्लब महिला च्याम्पियनसिप २०२५...

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

धेरै पढिएको