कोमाबाटै सेवानिवृत्त भए डिआइजी श्रेष्ठ

काठमाडौं- ३० वर्षे सेवा अवधि पुरा गरी सेवा निवृत भएका प्रहरी नायव महानिरीक्षक डिआइजी राजेन्द्रमान श्रेष्ठलाई बिदाई गरिएको छ। १५ साउन २०७३ मा ब्याडमिन्टर खेल्दा खेल्दै ढलेर बेहोस भएका उनको मस्तिष्क निष्कृय भई विगत तीन वर्ष यता कोमामा रहेका डिआइजी श्रेष्ठको अस्पतालबाटै प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले बिदाइ गरेकी हुन्।

नियमित ब्याडमिन्टन खेल्ने श्रेष्ठको स्थायी घर बाँके हो । २०४६ सालमा प्रहरी निरीक्षकबाट सेवारम्भ गरेका उनी कहिले विवादमा परेनन् । विदेशमा समेत देशको प्रतिनिधित्व गरेर पुग्दा अब्बल अधिकृतको परिचय बनाए ।

श्रेष्ठ प्रहरी सेवामा प्रवेश गरे देखि नै होनहार अधिकृतका रुपमा चिनिन्थे । उनी जहाँ जहाँ खटिए त्यहाँ खुबी देखाएर बिदा भए । तर, एसएसपी भई पूर्व क्षेत्रमा खटिंदा उत्कृष्ट कार्य गर्दा गर्दै कोमा अवस्थामा काठमाडौं ल्याइए ।

आइजीपी सर्वेन्द्र खनालका ब्याची श्रेष्ठ एसएसपीमा बढुवा हुँदा रमेश खरेल, सर्वेन्द्र खनाल पछि तेस्रो नम्बरमा थिए । कोमामा पुगेपछि उनको एक नम्बरको डिआइजी बन्ने दौड रोकिएको थियो । खरेल र खनालबीचको दौडमा खनालले बाजी मारे । खरेलले राजीनामा दिएर आइजीपीको दौड छाडे । आइजीपीको दौडमा सर्वेन्द्र खनाल र कुनैबेला चौंथो नम्बरमा रहेका एसएसपी पुष्कर कार्की देखिए । बाजी खनालले नै मारे ।

आइजीपी खनालका ब्याची श्रेष्ठ कोमामा हुँदै २९ माघ २०७६ मा सेवानिवृत्त भएका हुन् । कोमामा रहेकाले उनले डिआइजीमा बढुवा भएको जानकारी पाएनन् । सेवानिवृत्त भएको जानकारी पाउन उनी कोमाबाट उठ्नुपर्ने हुन्छ । त्यसैले श्रेष्ठ कोमामै सेवानिवृत्त भएका हुन्  ।

श्रेष्ठको उपचार प्रहरी अस्पतालमा भइरहेको छ । तीन वर्षयता कोमामा रहेपनि उनको परिवारले उठ्ने आशा राखेकै छ ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको