अवकाशप्राप्त डीआइजीको ट्विट : ‘ प्रहरी अब दलालहरुको व्यूहमा नफसोस्’

काठमाडौं- हिजो मध्यरातदेखि सेवानिवृत्त भएका नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले त्यसको करीब डेढ घण्टा पहिले, राति साढे १० बजे ट्वीट गरे, ‘अब नेपाल प्रहरी ब्यावसायिक बनोस्, दलालहरुको ब्युहमा नफसोस्। दलाल साम्राज्य मुर्दावाद।’ भन्दै सामाजिक संजालमा ट्विट गरेका छन्।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत रहँदारहँदै भविष्य सुरक्षित नदेखेर राजीनामा गरेका प्रहरी निरीक्षक दीपेन्द्र अधिकारीले डीआईजी अधिकारीको ट्वीटमा रिप्लाई लेख्दै भनेका पनि छन्, ‘आखिर संगठन नालायक नेतृत्वबाट मुक्त भयो आज।’

यी दुई पूर्व अधिकृतको यो टिप्पणी पछिल्लो समय नेपाल प्रहरी कुन अवस्थाबाट गुज्रिरहेको थियो भनेर देखाउने दृष्टान्त पनि हो।

अधिकारी मध्यरातदेखि नै अवकाश पाएका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका ब्याची हुन्।

सँगै प्रहरी सेवामा प्रवेश गरेका खनाल संगठन प्रमुखका रुपमा सेवानिवृत्त हुँदा अधिकारीले भने त्यसभन्दा दुइ तहमुनि, डीआईजीबाटै अवकाश पाए।

तर, अधिकारीको यो टिप्पणी पदीय असन्तुष्टिका कारणले थिएन।

मध्यरातदेखि अवकाश पाउने आईजीपी खनालको विदाईका लागि हिजो, २८ माघमा प्रहरी प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।

त्यो कार्यक्रम खनालको व्याचका तीनै जना अतिरिक्त महानिरीक्षक (एआईजी) र १३ जना डीआईजीले बहिष्कार गरेका थिए।

अधिकारी पनि त्यसमध्ये थिए। आईजीपी खनालले एकपक्षीय रूपमा काम गरेको भनेर उनका ब्याची लगभग सबैजसो एआईजी र डीआईजीहरु असन्तुष्ट थियो।

 

सिफारिस

एमालेमा योगेश भट्टराईको वरीयता सच्याइयो, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं - नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई को वरीयता सचिवालय बैठकले सच्याएको छ। यसअघि प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरका उपमहासचिव रहेका थिए। तर...

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल तरुण दल को केन्द्रीय अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ।पार्टी सभापति गगनकुमार थापा ले आइतबार...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहल मा आइतबार...

भर्खरै

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला...

काभा महिला भलिबल : इरानको लगातार दोस्रो जित

काठमाडौं - साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन...

कप्तानबाट हटाइए रोहित, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेल लाई कप्तानबाट...

‘सुन्दर देखिएकै आधारमा आलोचना भयो’ : सांसद सृष्टि भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराई...

रवि लामिछाने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

धेरै पढिएको