अवकाशप्राप्त डीआइजीको ट्विट : ‘ प्रहरी अब दलालहरुको व्यूहमा नफसोस्’

काठमाडौं- हिजो मध्यरातदेखि सेवानिवृत्त भएका नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) पिताम्बर अधिकारीले त्यसको करीब डेढ घण्टा पहिले, राति साढे १० बजे ट्वीट गरे, ‘अब नेपाल प्रहरी ब्यावसायिक बनोस्, दलालहरुको ब्युहमा नफसोस्। दलाल साम्राज्य मुर्दावाद।’ भन्दै सामाजिक संजालमा ट्विट गरेका छन्।

केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)मा कार्यरत रहँदारहँदै भविष्य सुरक्षित नदेखेर राजीनामा गरेका प्रहरी निरीक्षक दीपेन्द्र अधिकारीले डीआईजी अधिकारीको ट्वीटमा रिप्लाई लेख्दै भनेका पनि छन्, ‘आखिर संगठन नालायक नेतृत्वबाट मुक्त भयो आज।’

यी दुई पूर्व अधिकृतको यो टिप्पणी पछिल्लो समय नेपाल प्रहरी कुन अवस्थाबाट गुज्रिरहेको थियो भनेर देखाउने दृष्टान्त पनि हो।

अधिकारी मध्यरातदेखि नै अवकाश पाएका प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालका ब्याची हुन्।

सँगै प्रहरी सेवामा प्रवेश गरेका खनाल संगठन प्रमुखका रुपमा सेवानिवृत्त हुँदा अधिकारीले भने त्यसभन्दा दुइ तहमुनि, डीआईजीबाटै अवकाश पाए।

तर, अधिकारीको यो टिप्पणी पदीय असन्तुष्टिका कारणले थिएन।

मध्यरातदेखि अवकाश पाउने आईजीपी खनालको विदाईका लागि हिजो, २८ माघमा प्रहरी प्रधान कार्यालयमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो।

त्यो कार्यक्रम खनालको व्याचका तीनै जना अतिरिक्त महानिरीक्षक (एआईजी) र १३ जना डीआईजीले बहिष्कार गरेका थिए।

अधिकारी पनि त्यसमध्ये थिए। आईजीपी खनालले एकपक्षीय रूपमा काम गरेको भनेर उनका ब्याची लगभग सबैजसो एआईजी र डीआईजीहरु असन्तुष्ट थियो।

 

सिफारिस

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन्। , मन्त्री दिपक खड्कासँग बारम्बार विवादमा परेको र नेपाली कांग्रेसका सभापति शेरबहादुर...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छन् । भट्टराईले सोमबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा पत्र बुझाएकी हुन् । प्रधानमन्त्रीको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

ऊर्जामन्त्री खड्काको निमन्त्रणामा भारतका विद्युतमन्त्री नेपाल आउँदै

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काको...

ग्याङटोक: प्राकृतिक सौन्दर्य र आत्मीय संस्कृतिको अनुपम संगम (तस्वीरहरू)

सिक्किमको राजधानी ग्याङटोकको मेरो हालैको भ्रमण एक अविस्मरणीय अनुभव...

धेरै पढिएको