नेपाल प्रहरीको नयाँ तलब स्केल : आईजीपीको ७२ हजार नाग्दा सिपाहीको कति ? (सूचीसहित)

सरकारले आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।

सरकारले वृद्धि गरेको तलब साउन १ गतेदेखि लागू हुनेछ । अब प्रहरीको आईजी र एआईजीको तलब ७२ हजार ८२, डीआईजीको ६० हजार ९ सय ५०, एसएसपीको ५६ हजार ७८७, एसपी, ५२ हजार २७९ रुपैयाँ पुगेको छ ।

यस्तै, डीएसपीको ४८ हजार ७३७, इन्स्पेक्टरको ४३ हजार ६८९, सईको ३४ हजार ७३०, असईको ३२ हजार ८५६, हवल्दारको २७ हजार ६१२ जवानको २६ हजार ८२, रिक्रुटको २४ हजार ७०२ र फलोअर्सको २४ हजार ७०२ पुगेको छ । तर यो ग्रेड नजोडिएको तलब स्केल हो।

त्यस्तै सरकारले गत वर्ष प्रहरी नियमावली संशोधन गरेर प्रहरीको तल्लो तहमा तीन पद सृजना गरेपछि गत वैशाखमा ती पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुले हालसम्म पनि पुरानै तलब पाइरहेको गुनासो गरेका छन् ।

सरकारले ओहोदा बढाए पनि त्यसअनुसारको तलबमान भने आफूहरुले पाउन नसकेको उनीहरुले बताएका हुन् । सरकारले प्रहरी नियमावली २०७१ लाई संशोधन गरी ‘प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित गरेको थियो ।

जवान र हबल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरिएको थियो ।

गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४१९ प्रहरीको बढुवा गरिएको छ । प्रहरी वरिष्ठ नायब निरीक्षकमा एक हजार ४१८, प्रहरी वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र प्रहरी सहायक हबल्दारमा १५ हजार २५३ जना बढुवा गरिएको हो ।

बढुवा भए पनि हालसम्म पुरानै तलब पाइरहेको उनीहरुको गुनासो छ । यद्यपि, त्यतिबेला गृहमन्त्री बालकृष्ण खाणले लामो समयसम्म वृत्तिविकास हुन नसकेका तल्लो तहका प्रहरीलाई काममा हौसला बढाउन उक्त निर्णय गरी कार्यान्वयन जनाएका थिए । तर, पुरानै तलब पाएपछि भने बढुवाको कुनै अर्थ नभएको प्रहरी कर्मचारीहरुले गुनासो गरेका हुन् ।

सिफारिस

केपी ओली कप: आर्मी क्लबलाई पराजित गर्दै उपाधिमा मछिन्द्रको ह्याट्रिक (तस्वीरहरू)

काठमाडौँ : तेस्रो संस्करणको केपी ओली कप च्याम्पियनशिप फुटबल प्रतियोगिताको उपाधिमा मछिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा मछिन्द्रले विभागीय टोली...

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो बोसान डाँडा, जुन चोभार र टौदह नजिकै अवस्थित छ। यहाँबाट लाङटाङ, गणेश, गौरिशंकर लगायतका हिमालहरू, काठमाडौं...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम गरेको छ। बाल विकास NCMAS प्रा. लि. ले आयोजना गरेको सबैभन्दा ठूलो हस्तलेखन प्रतियोगिता (Largest...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

काठमाडौंको बोसान डाँडाबाट देखिएको मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं उपत्यकाको दक्षिण-पश्चिम भागमा पर्ने एक सुन्दर पहाड हो...

हस्तलेखन प्रतियोगितामा बाल विकास एनसीएमएसले राख्यो विश्व कीर्तिमान 

काठमाडौं – नेपालले शैक्षिक इतिहासमा अर्को महत्वपूर्ण कीर्तिमान कायम...

उपत्यकाबाट देखिएका हिमालका मनमोहक दृश्य (तस्वीरहरू)

काठमाडौं – केही दिनदेखिको हल्का वर्षापछि काठमाडौं उपत्यकाको आकाश...

राष्ट्रिय फोटो पत्रकार समूह तनहुँको अध्यक्षमा विष्णु गौतम

दमौली - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल तनहुँ शाखाको...

तिब्बती मूलका शेर्पा समुदायले मनाए ग्याल्पो ल्होसार (तस्वीरहरू)

काठमाडौं – नेपालमा बसोबास गर्दै आएका तिब्बती मूलका शेर्पा...

सांसद ढकाल र माल्दिभ्सका सभामुख अब्दुलबीच शिष्टाचार भेट

काठमाडौं – प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री एकनाथ ढकालले...

धेरै पढिएको