नेपाल प्रहरीको नयाँ तलब स्केल : आईजीपीको ७२ हजार नाग्दा सिपाहीको कति ? (सूचीसहित)

सरकारले आइतबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै कर्मचारीहरुको तलब १५ प्रतिशतले वृद्धि गरेको जनाएको छ ।

सरकारले वृद्धि गरेको तलब साउन १ गतेदेखि लागू हुनेछ । अब प्रहरीको आईजी र एआईजीको तलब ७२ हजार ८२, डीआईजीको ६० हजार ९ सय ५०, एसएसपीको ५६ हजार ७८७, एसपी, ५२ हजार २७९ रुपैयाँ पुगेको छ ।

यस्तै, डीएसपीको ४८ हजार ७३७, इन्स्पेक्टरको ४३ हजार ६८९, सईको ३४ हजार ७३०, असईको ३२ हजार ८५६, हवल्दारको २७ हजार ६१२ जवानको २६ हजार ८२, रिक्रुटको २४ हजार ७०२ र फलोअर्सको २४ हजार ७०२ पुगेको छ । तर यो ग्रेड नजोडिएको तलब स्केल हो।

त्यस्तै सरकारले गत वर्ष प्रहरी नियमावली संशोधन गरेर प्रहरीको तल्लो तहमा तीन पद सृजना गरेपछि गत वैशाखमा ती पदमा बढुवा भएका प्रहरी कर्मचारीहरुले हालसम्म पनि पुरानै तलब पाइरहेको गुनासो गरेका छन् ।

सरकारले ओहोदा बढाए पनि त्यसअनुसारको तलबमान भने आफूहरुले पाउन नसकेको उनीहरुले बताएका हुन् । सरकारले प्रहरी नियमावली २०७१ लाई संशोधन गरी ‘प्रहरी (नवौँ संशोधन) नियमावली, २०७८ गत माघ ३ गते राजपत्रमा प्रकाशित गरेको थियो ।

जवान र हबल्दारको बीचमा प्रहरी सहायक हवल्दार, हवल्दार र प्रहरी सहायक निरीक्षकको बीचमा प्रहरी वरिष्ठ हबल्दार तथा प्रहरी निरीक्षक र प्रहरी नायब निरीक्षकको बीचमा प्रहरी वरिष्ठ नायब निरीक्षक पद सिर्जना गरिएको थियो ।

गृह मन्त्रालयका प्रहरी प्रशासन शाखाका अनुसार नियमावली संशोधनपछि तीन पदमा गरेर २० हजार ४१९ प्रहरीको बढुवा गरिएको छ । प्रहरी वरिष्ठ नायब निरीक्षकमा एक हजार ४१८, प्रहरी वरिष्ठ हबल्दारमा तीन हजार ७४८ र प्रहरी सहायक हबल्दारमा १५ हजार २५३ जना बढुवा गरिएको हो ।

बढुवा भए पनि हालसम्म पुरानै तलब पाइरहेको उनीहरुको गुनासो छ । यद्यपि, त्यतिबेला गृहमन्त्री बालकृष्ण खाणले लामो समयसम्म वृत्तिविकास हुन नसकेका तल्लो तहका प्रहरीलाई काममा हौसला बढाउन उक्त निर्णय गरी कार्यान्वयन जनाएका थिए । तर, पुरानै तलब पाएपछि भने बढुवाको कुनै अर्थ नभएको प्रहरी कर्मचारीहरुले गुनासो गरेका हुन् ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको