एयर होस्टेस बन्ने हो ? यस्ता छन् पढ्न पाउने मापदण्ड

काठमाडौं – के तपाईँलाई विमान परिचारिका अर्थात एयर होस्टेस बन्ने चाहना छ ? अर्थात चाहना भएर पनि कहाँ जाने कसरी बन्ने भनेर अन्यौलमा हुनुहुन्छ ? यदी त्यस्तो हो भने अब सजिलै विमान परिचारिका बन्ने अवसर तपाईले प्राप्त गर्न सक्नुहुन्छ ।

त्यसका लागि केही कुराहरु तपाईले मनन गर्नुपर्ने हुन्छ । केही नियमहरु भने पक्कै छन् । विमान परिचारिका बन्नका लागि सामान्य शारीरिक मापदण्ड भने पुरा गर्नुपर्ने हुन्छ । परिचारिक बन्न पहिलो त आकर्षक, शालिन र आत्मविश्वासी बन्न जरुरी छ । यस अन्तर्गतको कोर्समा यात्रुको सत्कार, हेरचाह गर्ने, कुन सूचना कसरी प्रवाह गर्ने कुरा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।
यसका साथै आपत्कालीन अवस्थामा विमानभित्रका यात्रुलाई कसरी सम्हाल्ने, असहज परिस्थितिलाई कसरी सामान्य बनाउने भन्ने कुराहरुको जानकारी आवश्यक हुन्छ ।

आकाशमा उड्ने या आफैंमा ग्लामर र आर्कषक पेशा हो । जति रोमाञ्चकारी छ त्यती नै जिम्मेवार पेशा पनि हो विमान परिचारिका । क्षणभरमा एक ठाउँबाट अर्को ठाउँको हावापानी, सँस्कृति र सामाजिक वातावरणमा पुगन सकिने, आकर्षक सेवा सुविधा पाइने भएकाले पनि महत्व बढी नै छ ।

चहना र इच्छाशक्ति भयो भने परिचारिका बन्न समस्या छैन । यसका लागि निश्चित तालिम लिए पुग्छ । ठुला ेखर्च पनि लाग्दैन । काठमाडौंमा रहेका केही संस्थाहरुले तपाइृको सपना साकार पारिदिन सक्छन् । जुन संस्थाले अहिले एयर होस्टेस सम्बन्धी तालिम दिइहेको छ । देशभरमा यस्तो इन्स्टिच्युट दर्जनका हाराहारीमा छन् । काठमाडौंमा ७ वटा, चितवन, पोखरा र बुटवललगायत ठाउँमा केही छन् ।

उक्त पेशामा महिला र पुरुष दुबै जान सक्छन् । काठमाडौँमा यसरी तालिम सञ्चालन गर्दै आएको मध्य एक हो नेपाल एयर होस्टेस एकेडेमी । उक्त संस्थाका निर्देशक रेजिना तुलाधर एयर होस्टेस कोर्र्स कम खर्चिलो र छोटो समयमा तालिम लिन सकिने तथा अन्य क्षेत्रमा पनि रोजगारीको शतप्रतिशत सहयोग पु¥याउने बताउनुहुन्छ । ‘एयर होस्टेसप्रति युवाको लगाव र झुकाव बढ्दै गएको छ, यसको मुख्य कुरा स्मार्ट पर्सनालीटी, लिडरसिप, कन्फिडेन्ट, सेल्फ ग्रुुमिङ र छोटो समयमा काम पाइने, छोटो समयावधिको र कम खर्चिलो हुनु नै हो,’ तुलाधरले थप्नुभयो ।

कति खर्च लाग्छ ?
मुख्यगरी एयर होस्टेस बन्न प्लस टु पढेका विद्यार्थी हुनुपर्छ । यसमा यो नै विषय पढेकाले पाउँछन् भनेर नतोकिने भएकालेजुनसुकै विषय पढेकाले पनि यो कोर्स गर्न पाउँछन् । तुलाधरका अनुसार यो कोर्सको समयावधी तीनदेखि ६ महिनाको हुन्छ । उक्त कोर्स गर्न ५० हजार हाराहारी लाग्ने बताइन्छ । ड्रेस र कापी किताबहरु त्यही शुःल्कमा पाइनछ ।
‘यात्रु विमानमा चढ्दादेखि ओर्लिँदासम्मको सत्कार नै विमानको पहिचान हो । यात्रुको सत्कार गर्नु, सहजता प्रदान गर्नु नै एयर होस्टेसको मुख्य काम हो ।

यस्तो छ पढ्न पाउने मापदण्ड
जुनसुकै विषयमा प्लस–टु गरेको
महिलाको उचाइ ५ फिट २ इन्च र पुरुषको ५ फिट ७ इन्च भएको
उमेर १८ देखि २८ वर्ष ननाघेको
अन्तर्राष्ट्रिय उडानका लागि पौडी खेल्न जानेको
अंग्रेजी भाषामा दख्खल भएको
दैनिक औषधि सेवन नगर्ने
देखिने स्थानमा ट्याटु नहानेको
मेडिकल अप्रेसन नगरेको
शारीरिक र मानसिक रुपमा सुन्दर र आकर्षक

उनीहरुले विमानको इतिहास र प्रकार, यात्रु सुरक्षा, यात्रु सत्कार , फायर फाइटिङ लगायतका विषय पढ्नुपर्छ । ड्रेस र मेकअप, फुड सर्भिस, प्राथमिक उपचार विधि, व्यक्तित्व विकास, आत्मरक्षा, पौडीलगायतका विषय पनि पढाइको प्राथमिकतामा रहन्छ । उनीहरुले विमानस्थल, विमान कम्पनी, एयरपोर्ट लन्च, ग्राउन्ड होस्टेसका साथै कर्पोेरेट कार्यालय, ट्राभल एजेन्सीलगायत विभिन्न कार्यालयमा फ्रन्ट डेक्समा सजिलै काम पाउनु अर्काे विशेषता हो ।

विमान परिचारिका भइसकेपछि यात्रुको सत्कार, यात्रुलाई सुरक्षाको अनुभूति दिलाउने, यात्रुको कमाण्ड लिने, यात्रुलाई अप्ठ्यारो परेको समयमा सान्त्वना दिने, सूचना प्रवाह गर्ने, मौसमसम्बन्धी जानकारी दिने, परिचयपत्र चेकजाँच गर्ने मुख्य काम उनीहरुको हो । उनीहरुले राष्ट्रिय उडानमा मासिक न्यूनतम ३० हजारदेखि ८० हजारसम्म र अन्तर्राष्ट्रिय उडानमा मासिक एक लाखदेखि दुई लाख रुपैयाँसम्म कमाई गर्न सक्ने आकर्षत तलब भएको पेशा पनि हो । एयर होस्टेसलाई नेपालमा मात्रै नभई विदेशमा समेत रोजगारीको अवसर रहेको निर्देशक तुलाधरको भनाई छ ।

विदेशी विमानमा समेत नेपाली एयर होस्टेसले काम गर्दै आएका कयौँ उदाहरण छन् । उहाँका अनुसार नेपालबाट एयर एसिया, कतार एयरलाइन्स, दुवैको इमिरेट्स, फ्लाई दुबई , क्याथे प्यासिफिक र सिंगापुर फ्लाइटआदिमा नेपाली एयर होस्टेसले रोजगारीको अवसर पाएका छन् ।

विदेशी विमान कम्पनीले नेपालबाट रोजगारीका लागि विमान परिचारिका लैजाँदा उनीहरुको इमान्दारिता, सहनशीलता, मिलनसार, आकर्षक, दक्ष, मानसिक र शारीरिक स्वस्थतालाई प्राथमिकतामा राख्ने गरेको तुलाधर बताउनुहुन्छ ।
वित वर्षदेखि एयर होस्टेसको काम गरिरहेकी ललितपुरकी रिना चन्द अहिले गुण एयरलाइन्समा क्याबिन क्रुको काम गरिरहनुभएको छ । पछिल्लो समय एयर होस्टेसमा युवाको झुकाव बढ्दै गएको भन्दै उहाँले कम खर्चिलो र छिटो काम पाइने भएकाले पनि यसप्रति आकर्षण बढ्दै गएको अनुभव सुनाउनुहुन्छ ।

‘देश, विदेश घुम्न र नया–नयाँ ठाउँ हेर्न पाइने हुन्छ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयर होस्टेसमा युवा युवतीको आकर्षण बढ्दो छ’, मोक्तान थप्नुहुन्छ, ‘एयर होस्टेस व्यावहारिक, शारीरिक, मानसिक रुपमा स्वस्थ र ब्युटी विथ ब्रेन हुनुपर्छ ।’
उक्त एकाडेमीले त्यसैगरी शिप सिकाएर दक्ष एयर होस्टेस तयार पार्दै आएको छ ।

सिफारिस

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । गृहमन्त्रायमा आयोजित...

भर्खरै

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको