रामेछाप सैपुले विद्यालय मर्जको प्रक्रिया अगाडि बढाउने, आइतबार पनि पढाई हुने

रामेछाप – लिखु तामाकोसी गाउँपालिका-२ सैपुका सामुदायिक विद्यालय आइतबार खुल्ने भएका छन्। शुक्रबार वडा अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा बसेको बैठकले आइतबार सामुदायिक विद्यालयमा सार्वजनिक बिदा नदिने निर्णय गरेको हो।

बैठकले प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विवरण संकलन गरी विद्यालय मर्ज गर्ने वा घटाउने प्रक्रिया गाउँ शिक्षा समिति र वडा शिक्षा समिति गठनपश्चात कानुनअनुसार प्रक्रिया अगाडि बढाउने निर्णय भएको वडाध्यक्ष पौडेलले जानकारी दिए।

यसैगरी बैठकले शिक्षकलाई नेपाल सरकारले तोकेको पोसाक अनिवार्य लगाउन निर्देशन दिँदै निजी शिक्षकलाई पोसाक भत्ताका लागि बजेट गाउँ सभामा पेश गर्ने निर्णयसमेत गरेको छ। श्रावणबाट नयाँ पोसाक तोकेर लगाउने सहमति भएको छ।

बैठकले गाउँ सभाबाट विनियोजन गरिएको बालबालिकाका लक्षित कार्यक्रम अन्तरगतको २ लाख रुपैयाँले प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई वडा कार्यालयको छापसहितको झोला वितरण गर्ने निर्णय गरेको छ।

शिक्षा शाखा प्रशासन सहायक जयकृष्ण चौलागाईको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सैपुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक र सरोकारवालाहरु सहभागी थिए।

भेलामा सहभागीहरुले सैपुका विद्यालयको शिक्षाको गुणस्तर तथा व्यवस्थापन सुधारका लागि उनीहरु एकजुट हुने बताएका छन्। उनीहरुले शैक्षिक एकरुपता कायम गर्न पालिकास्तरीय क्यालेण्डर समयमै प्रकाशित गरी वितरण गर्न गाउँकार्यपालिकाको बैठकमा पेश गर्न निर्णय समेत गरेका छन्।

सिफारिस

१५ दिने “मोबाइलबाट लघु चलचित्र निर्माण” कार्यशाला सम्पन्न

काठमाडौँ - इमेज एकाडेमीको आयोजना र इन्टरनेसनल एसोसिएसन अफ वुमन इन रेडियो एण्ड टेलिभिजन (IAWRT) नेपालको सहकार्यमा १५ दिने "मोबाइलबाट लघु चलचित्र निर्माण" कार्यशाला...

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा तामाङले समाजको गहिरो पीडा र संसदको गरिमामाथि गम्भीर प्रश्न उठाउँदै सरकार र सांसदहरूप्रति तथ्यपरक र...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडमार्फत निर्माणाधीन ४३९ मेगावाट क्षमताको अर्ध जलाशययुक्त बेतन कर्णाली जलविद्युत् आयोजनालाई ऊर्जासचिव स्तरीय...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

छाउपडीको पीडा र संसदको गरिमा: सांसद तारा लामा तामाङको मार्मिक आग्रह

काठमाडौं - प्रतिनिधिसभाको विशेष समयमा प्रतिनिधिसभा सदस्य तारा लामा...

४३९ मेगावाटको बेतन कर्णाली जलविद्युत आयोजनाले पायो निर्माण अनुमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले बेतन कर्णाली सञ्चयकर्ता...

ऊर्जा क्षेत्रमा साना र मझौला आयोजनालाई बेवास्ता नगर्न ऊर्जामन्त्री खड्काको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

सिन्धुलीको फिक्कल डाँडा : जहाँबाट देखिन्छ सगरमाथा र तराईका समथर भूभागहरू (तस्वीरहरू)

सिन्धुली, फिक्कल — सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–५ मा अवस्थित...

कतारी राजदूतद्वारा नेपाली–फिलिपिनी संघ प्रतिनिधिमण्डलको स्वागत

काठमाडौं-  कतारका नेपालका लागि राजदूत, महामहिम मिश्रल बिन मोहम्मद...

धेरै पढिएको