सुर्खेत – बोनम्यारो प्रत्यारोपणका क्रममा निधन भएका पत्रकार डिल प्रसाद शर्माको परिवारलाई हाम्राकुरा डटकमका प्रधान सम्पादक अजयबाबु शिवाकोटीले सहयोग हस्तान्तरण गर्नुभएकाे छ ।
नेपाल प्रेस युनियनका महासचिव समेत रहेका शिवाकोटीले सुर्खेत पुगेर पत्रकार शर्माकी बहिनी नान्कला शर्मालाई २५ हजार सहयोग रकम हस्तान्तरण गर्नु भएकाे हाे ।
झ्न्जा साहसिक पत्रकारिता पुरस्कार पाएका शिवाकोटीले सो पुरस्कारको रकम मध्येबाट पत्रकार शर्माको परिवारलाई २५ हजार सहयोग गर्ने घोषणा गर्नुभएकाे थियाे ।
बाल्यकालमै पिता गुमाएका शर्माको २३ बर्षको कलिलो उमेरमै गत कार्तिक २८ गते निधन भएको थियो । शर्माको आमा र बहिनी हुनुहुन्छ। परिवारको आर्थिक भरथेग गर्ने एक्लो छोरा गुमेपछि शर्मा परिवार अार्थिक समस्यामा गुज्रिरहेको छI
