कांग्रेसले सरकारको दुई वर्षे कामकारबाहीबारे यसरी गर्यो समीक्षा

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारका दुई वर्षे कामकारबाहीबारे समीक्षा सार्वजनिक गरेको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकार संविधानको अक्षर भावनाअनुसारभन्दा पनि कम्युनिष्ट दर्शनको भड्काव बमोजिम कामहरू भइरहेको उल्लेख गरेका छन्।

‘बितेको २ वर्षमा लोकतान्त्रिक संविधानको अक्षर र भावना अनुरुप होइन, कम्युनिष्ट दर्शनको भड्काव बमोजिम सरकारका कर्महरु सम्पादित हुन थालेपछि स्वभाविक रुपमा अधिनायकवाद उन्मुख छन् कि इमान्दार प्रजातन्त्रवादी? भन्ने प्रश्न उठ्छ नै,’ शर्माले भनेका छन्, ‘ओठे जवाफकै प्रष्टिकरण मुलुकले खोजेको छैन। सांस्कृतिक रुपान्तरणको व्यवहारिक अभ्यास मुलुकले खोजेको छ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार बनेको दुई वर्ष पुगेको अबसरमा शनिबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै कार्यप्रगति विवरण पेश गरेका थिए।

दुई वर्षको असफलतालाई ऐनामा हेरेर अर्को वर्षको यात्रा सहज र सफल बनाउन पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

‘नागरिकले लोकतन्त्रको दीर्घ जीवन, उत्तरदायी सरकार, सहिष्णु नेतृत्व, भयरहित समाज, निष्पक्ष न्याय, तटस्थ प्रशासन यन्त्र र समृद्धिमा गतिको अपेक्षा गर्नु नैसर्गिक हक हो। दुई वर्षको असफलतालाई ऐनामा हेरेर अर्को वर्षको यात्रा सहज र सफल बनाउन सरकारले सफलता हासिल गरोस्, नेपाली कांग्रेसका तर्फबाट हार्दिक शुभकामना,’ शर्माले भने।

सत्तारूढ नेकपाले चुनावका बेला जारी गरेको घोषणापत्रमा उल्लेख गरेका कार्य नगरेको पनि कांग्रेसको भनाइ छ। ‘चुनावी घोषणापत्रमा एक वर्ष भित्रमा गरिसक्ने भनिएका कार्यक्रम नै अलपत्र परेका छन्। दुई वर्षमा गरिसक्ने वाचा गरिएका कार्यक्रमहरुको कन्तविजोग नै छ। कयौं सञ्चार माध्यमबाट यसबारे विस्तृत विवरण आइसकेको स्थितिमा हामीले थप टिप्पणी गर्न जरुरी रहेन,’ प्रवक्ता शर्माले भने।

साथै सरकारले एमसीसिलाई विवादित बनाएको आरोप कांग्रेसको छ।

‘कांग्रेसको नेतृत्वमा रहेको सरकारले हालसम्मकै सबैभन्दा ठूलो सहयोग सम्बन्धी अघि बढाएको सम्झौता एमसीसीलाई सरकारकै अर्कमण्यताका कारण यस बीचमा विवादित बनाउने प्रयत्न भएको छ,’ शर्माले भने, ‘एकातर्फ संसदमा प्रस्तुत गर्न ढिलाई गर्ने र अर्कोतर्फ नागरिक पंक्तिमा उठेका प्रश्नलाई जिम्मेवार ढंगले सम्बोधन नगरेर आन्तरिक पार्टीगत राजनीतिको द्वन्दले गिजोल्ने कर्म दुःखद भएको छ।’

ललितानिवास जग्गा प्रकरणमा अख्तियारले सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको कांग्रेसले दोहोर्‍याएको छ।

‘ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त छ। यसले प्रष्ट गर्दछ आयोगले नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दवावमा मुद्दा दायर गरेको छ। यद्यपि उहाँले कानूनी रुपमा सामना गर्नु हुने र पार्टीले प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय पार्टी केन्द्रीय समितिले गरिसकेको छ,’ शर्माले सरकारका दुई वर्षे कामका समीक्षा गर्दै जारी गरेको विज्ञप्तिमा भनिएको छ।

सिफारिस

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले जित्न सफल भएकी छिन् । मंगलबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा १६...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

सिजन मिडियाद्धारा २३ व्यक्ति र संस्थालाई नेसनल सोसल वेयलफेयर अवार्ड (तस्वीरहरू)

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३...

धेरै पढिएको