काठमाडौँ– पूर्वराजा ज्ञानेन्द्र शाह पत्नी कोमल शाहसहित दुई साताभन्दा लामो धार्मिक तथा सामाजिक यात्रामा भारत प्रस्थान गरेका छन्। आइतबार साँझ विस्तारा एयरलायन्सको विमानबाट शाह दम्पत्ति दिल्ली प्रस्थान गरेका हुन्।
दिल्लीबाट पञ्जावको अमृतसरस्थित शिखहरुको पवित्र तिर्थस्थलमा दर्शनका लागि उनीहरु त्यसतर्फ प्रस्थान गर्ने निर्मल निवास सचिवालयले बतायो।
भ्रमण टोलीमा उनकी बहिनी शोभा शाही तथा मोहनबहादुर शाही र केही अन्य निकटका नातेदार पनि छन्।
गोल्डेन टेम्पल दर्शनपछि पुनः दिल्ली फर्कने र केही दिन त्यहाँ बिताएर करिब दुई सातापछि पूर्व राजा नेपाल फर्कने स्रोतले बतायो।
