- महेश सिंह
सिरहा – सिरहाको गोलबजार नगरपालिका ७ पुरानो चहोर्वाबाट प्रतिबन्धित लागु औषध( ब्राउन सुगर ) सहित दुई जना युवालाई पक्राउ परेका छन् । सिरहाबाट खटिएको प्रहरी टोलीले विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजारले सोमबार दुई जना युवालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका ७ का २४ वर्षिय कृष्णा यादव र वडा नम्बर ४ को २२ वर्षिय प्रवेश महतो रहेका छन्। आफ्नै घरको कोठामा बिक्री बितरणको लागि लुकाइ छिपाई जस्तो देखिने प्लाष्टिकको पोकामा तयार पारिएको सानो-सानो पोका ३० थान र एउटा पोका थान १ गरी जम्मा ३ ग्राम ब्राउन सुगर मोवाईल ७ थान नगद १५ हजार १ सय ७ रुपैयाँ सहित प्रहरीले पक्राउ गरिएको हो।
पक्राउ परेका युवालाई थप अनुसन्धान भईराखेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा एसपी उमाप्रसाद चतुर्बेदिले जानकारी दिए ।