नेत्र विक्रम चन्द विप्लव समर्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) आज नेपाल बन्द नरहेको जनाएको छ। केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईद्वारा जारी विज्ञप्तीमा नेपाल बन्दको कार्यक्रम नरहेको जनाएको हो ।
केहि अनलाइन मिडियामा आज नेपाल बन्दको हल्ला चलेपनि बन्दको कार्यक्रम नरहेको संगठनको विज्ञप्तीमार्फत बुझ्न सकिन्छ । 
