मेयरले खेतमै गएर किसान कुटे

काठमाडौं – बारास्थित महागढीमाई नगरपालिकाका प्रमुख उपेन्द्र यादवले आफूले सार्वजनिक स्थानमा बोलेको कुराको भिडियो बनाएर फेसबुकमा अपलोड गर्ने एक युवकका बुबालाई कुटपिट गर्दै शौचालयमा थुनेका छन् ।

गाउँको नाला निर्माण काममा भइरहेको ढिलासुस्तीबारे फेसबुकमा भिडियो पोस्ट गरेको भन्दै स्थानीय युवा मुकेश कुशवाहाका ५५ वर्षीय बुबा हरेन्द्र महतोलाई मेयर यादवले सोमबार कुटपिटपछि शौचालयमा थुनेका हुन् ।

गत आर्थिक वर्ष २०७५/०७६ मा सम्पन्न गर्नुपर्ने नालाको काम हालसम्म पूरा नभएर समस्या परेको स्थानीयको गुनासोपछि निरीक्षणमा पुगेका मेयर यादवको भनाइसहित छोरा मुकेशले बनाएको भिडियो स्थानीय अर्का युवाले पनि सामाजिक सञ्जालमा अपलोड गरेका थिए ।

करिब २९ सेकेन्डको सो भिडियोमा मेयर यादवले ‘यो समस्याको अहिले समाधान गर्न नसकिने र जे गर्न र जहाँ जान मन लाग्छ त्यही जानू’ भनी प्रतिक्रिया दिएका छन् ।

फेसबुकबाट भिडियो सार्वजनिक भएलगत्तै अपमान गरेको भन्दै मेयर यादवले मुकेशलाई नियन्त्रणमा लिन घरमा पुगेका १ दर्जनभन्दा बढी नगर प्रहरीले फेला पार्न नसकेपछि खेतमा काम गरिरहेका उनका बुबालाई समातेर कुटपिट गर्दै यातना दिएका हुन् ।

‘गहुँबारीमा सिँचाइ गरेर बसेको थिएँ’, हरेन्द्रले भने, ‘नगरपालिका पुगेपछि गाजीगलौज र कुटपिट गर्दै शौचालयमा थुन्नुभयो ।’

मेयर यादवले आफूले लगाएको जुत्ता निकालेर टाउकोमा राख्न भनेको र नमानेपछि कुटपिट गर्दै नगरपालिकाको चर्पीमा आधा घन्टासम्म थुनेको उनले बताए ।

‘तेरो छोराले मेरो बेइज्जत गरेको छ, अब दुवै जनालाई त्यसै छोड्दिनँ भनेर धम्की पनि दिएका छन्,’ उनले भने ।

मेयर यादवले भने हरेन्द्रमाथि कुटपिट र दुर्व्यवहार नगरेको तर छोरा मुकेशलाई फेला पार्न नसकेपछि बाबुलाई सोधपुछका क्रममा नगरपालिकामा बोलाएको दाबी गरे ।

यो खबर आजको नेपाल समाचारपत्र दैनिकमा गोकुल घोरासाइनेले लेखेका छन् ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको