पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी : दरबार हत्याकाण्डलाई पनि सम्झिरहेका छौं

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहका अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्।

चौथो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शाहको नाम नलिइकनै अर्ति, उपदेश नदिन उनलाई आग्रह गरे।

“केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी ? यसो सुनिन्छ”, प्रधानमन्त्रीले भने, “भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगगतिर हेर भन्या सुनिन्छ। यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो।”

प्रजातन्त्र दिवसका अवसरमा आजै पूर्वराजा ज्ञानेन्द्रले भविष्यका सपना बाँडेर मात्र समय खेर नफाल्न दलहरूलाई आग्रह गरेका थिए। उनले प्रजातन्त्र कर्ममा उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने टिप्पणी गरेका थिए।

शाहले विदेश भ्रमणमा जाँदा नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन नसकिरहेको भन्ने सुन्ने गरेको बताउँदै दलहरूको आलोचना गरेका थिए।

प्रधानमन्त्री ओलीले शाहको यही भनाइलाई लक्षित गर्दै ‘धेरै नबोल्न’ आग्रह गरेका हुन्। पूर्वजहरूको पौरख र उलपब्धिलाई सधैँ सम्मान गर्ने तर, विगतका नकारात्मक पक्ष पनि आफूले नबिर्सिको बताए।

“दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरू पनि सम्झिरहेका छौं। कसैले हाम्रो स्मरण शक्ति कमजोर छ कि भनेर नसोच्दा हुन्छ”, प्रधानमन्त्री ओलीले भने।

यस्तै, प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरूमा सरकार बनाउने र परिवर्तन गर्ने विषय छापिन शुरू भएको आरोप पनि लगाएका छन्। जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल र षडयन्त्रबाट फेर्ने कुरा दिनदिनै अखबारहरूमा छापिने गरेको उनको आरोप छ।

“जनताको अभिमतबाट होइन, जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनैपिच्छे अखबारहरूमा छापिए। अस्तिका दिन मैले हेर्‍या थेँ, तीन दिन अगाडि जति, अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ भनेर खुशीयाली मनाइराख्या”, प्रधानमन्त्री ओलीले भने, “अस्थिरता ल्याउन पाइन्छ भनेर खुशीयाली मनाइराख्या, अस्थिरता ल्याउने ढोका खुल्यो भनेर खुशीयाली मनाइराख्या, जनतमतको कुरा होइन जालझेलको, टिक्डमको बाटो हिंड्न पाइन्छ भनेर खुशीयाली मनाइराख्या, लोकतन्त्र जालझेल, टिक्डमको प्रणाली होइन। लोकतन्त्र जनताको अभिमतको प्रकटीकरणको प्रणाली हो।”

प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारलाई सुदृढ र विस्तृत गर्दै सफलतापूर्वक कार्यान्वयनको काममा सरकार अघि बढेको बताए। सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यही बाटोबाट सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकंक्षा सफलतापूर्वक अगाडी बढाउने प्रधानमन्त्रीको भनाइ छ।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको