पूर्वराजालाई प्रधानमन्त्रीको चेतावनी : दरबार हत्याकाण्डलाई पनि सम्झिरहेका छौं

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालीन राजा ज्ञानेन्द्र शाहका अभिव्यक्तिप्रति कडा टिप्पणी गरेका छन्।

चौथो निर्वाचन दिवसका अवसरमा निर्वाचन आयोगले आज गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शाहको नाम नलिइकनै अर्ति, उपदेश नदिन उनलाई आग्रह गरे।

“केही मानिसले हामीलाई सल्लाह, सुझाव, अर्ति उपदेश के दिन खोजेको हो कुन्नी ? यसो सुनिन्छ”, प्रधानमन्त्रीले भने, “भविष्यका कुरा नगर, भविष्यतर्फ नहेर, भविष्यका सुन्दर सपना नबाँड, सुन्र भविष्यको कुरा गरेर जनताको मनोबल नउठाउ, विगगतिर हेर भन्या सुनिन्छ। यो एउटा प्रतिगामी उद्देश्यसहितको सोचनको प्रकटीकरण हो।”

प्रजातन्त्र दिवसका अवसरमा आजै पूर्वराजा ज्ञानेन्द्रले भविष्यका सपना बाँडेर मात्र समय खेर नफाल्न दलहरूलाई आग्रह गरेका थिए। उनले प्रजातन्त्र कर्ममा उत्रन र व्यवहारमा देखिन सक्नुपर्ने टिप्पणी गरेका थिए।

शाहले विदेश भ्रमणमा जाँदा नेपालको प्रजातन्त्र जनजीवनको उत्थानमा, उमंगमा र उत्साहमा सार्थक हुन नसकिरहेको भन्ने सुन्ने गरेको बताउँदै दलहरूको आलोचना गरेका थिए।

प्रधानमन्त्री ओलीले शाहको यही भनाइलाई लक्षित गर्दै ‘धेरै नबोल्न’ आग्रह गरेका हुन्। पूर्वजहरूको पौरख र उलपब्धिलाई सधैँ सम्मान गर्ने तर, विगतका नकारात्मक पक्ष पनि आफूले नबिर्सिको बताए।

“दरबार हत्याकाण्ड, माघ १९ जस्ता काला उद्देश्य प्रकटीकरण भएका काला दिनहरू पनि सम्झिरहेका छौं। कसैले हाम्रो स्मरण शक्ति कमजोर छ कि भनेर नसोच्दा हुन्छ”, प्रधानमन्त्री ओलीले भने।

यस्तै, प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरूमा सरकार बनाउने र परिवर्तन गर्ने विषय छापिन शुरू भएको आरोप पनि लगाएका छन्। जनताको अभिमतबाट बनेको सरकारलाई जालझेल र षडयन्त्रबाट फेर्ने कुरा दिनदिनै अखबारहरूमा छापिने गरेको उनको आरोप छ।

“जनताको अभिमतबाट होइन, जालझेल, षडयन्त्र र तिक्डमबाट सरकार फेर्ने दिनैपिच्छे अखबारहरूमा छापिए। अस्तिका दिन मैले हेर्‍या थेँ, तीन दिन अगाडि जति, अब त अविश्वासको प्रस्ताव राख्न पाइन्छ भनेर खुशीयाली मनाइराख्या”, प्रधानमन्त्री ओलीले भने, “अस्थिरता ल्याउन पाइन्छ भनेर खुशीयाली मनाइराख्या, अस्थिरता ल्याउने ढोका खुल्यो भनेर खुशीयाली मनाइराख्या, जनतमतको कुरा होइन जालझेलको, टिक्डमको बाटो हिंड्न पाइन्छ भनेर खुशीयाली मनाइराख्या, लोकतन्त्र जालझेल, टिक्डमको प्रणाली होइन। लोकतन्त्र जनताको अभिमतको प्रकटीकरणको प्रणाली हो।”

प्रधानमन्त्री ओलीले जनताबाट प्राप्त अधिकारलाई सुदृढ र विस्तृत गर्दै सफलतापूर्वक कार्यान्वयनको काममा सरकार अघि बढेको बताए। सुशासन र विकासको बाटोमा सरकार अघि बढेको र यही बाटोबाट सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने राष्ट्रिय आकंक्षा सफलतापूर्वक अगाडी बढाउने प्रधानमन्त्रीको भनाइ छ।

सिफारिस

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बा सँग मंगलबार संसदीय सुनुवाइ...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को ८३ वर्षको उमेरमा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उनको निधन भएको...

भर्खरै

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

धेरै पढिएको