काठमाडौं- हाल नेपालको पश्चिमी तथा मध्य क्षेत्रमा पश्चिमी वायुको प्रभाव देखिएकोले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आँशिक देखि सामान्य बदली रही पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना समेत रहेको बताइएको छ ।
यस्तै आज राती देशभर सामान्य बदली रही पश्चिमका केहि भूभागहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । उच्च पहाडी तथा हिमाली भूभागका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ ।
