शिवरात्रीका दिन यी क्षेत्रमा सवारीसाधन प्रवेशमा रोक

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वका अवसरमा विशेष कार्य योजनासहितको ट्राफिक व्यवस्थापन मिलाएको जनाएको छ । भोलि शिवरात्रीका दिन पशुपतिनाथ मन्दिरमा आउने भक्तजन एवं दर्शनार्थीको सवारी आवागमनलाई सरल, सहज तथा व्यवस्थित बनाउनका लागि योजनाबद्ध ट्राफिक व्यवस्थापन मिलाइएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै पशुपति मन्दिर आउने विदेशी पर्यटक, दुई पाँग्रे र साना सवारीसाधनको लागि तिलगङ्गा र वाइसिएल मार्ग, नक्साल कालो पुल हँुदै आउने गाडीलाई सिफलचौर र अमलकोट, पशुपति विकास कोष र संस्थानका सवारी साधनलाई देव उद्यानस्थित कोषको कार्यालयमा पार्किङको व्यवस्था मिलाइएको उनले बताए ।

पासबाहक गाडी, सुरक्षा निकाय तथा सरकारी सवारी साधनलाई महानगरीय प्रहरी वृत्त, गौशाला तथा वाग्मती कोरिडोर, जोरपाटीबाट चावहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ । त्यस्तै तिलगङ्गा, गौशाला, मित्रपार्क र चावहिल भई चल्ने मालबाहक सवारी साधनलाई तिनकुने, सिनामङ्गल, जोरपाटी नारायणटार, चुच्चेपाटी, सुकेधारा, नयाँ बानेश्वरलगायतका स्थानबाट गौशाला क्षेत्र प्रवेशमा रोक लगाई वैकल्पिक सडक प्रयोगको व्यवस्था मिलाइने महाशाखाद्धारा आज जारी गरिएको सूचनामा उल्लेख छ ।

शिवरात्रि पर्वको अवधिभर भक्तजनलाई सरल एवं सहजरूपमा आवागमनको व्यवस्था मिलाउनको लागि ५०० भन्दा बढी ट्राफिक प्रहरी परिचालन गरिएको र पशुपति क्षेत्रभित्र सवारी आवागमन निषेधित गरिने जनाइएको छ ।

सिफारिस

नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी सम्पन्न (तस्वीरहरू)

काठमाडौँ - सेना दिवस २०८२ को अवसरमा नेपाली सेनाका विविध गतिविधिबारे आम नागरिकलाई जानकारी गराउने उद्देश्यले आयोजित नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी २०८२...

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै समर्थनमा भएको आन्दोलनबाट सत्ताच्युत भएका अनुभवि प्रधानमन्त्रीसँग चुनावी मैदानमा आमने-सामने हुने भएका छन् । सन्...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले आगामी निर्वाचनमा आफू उम्मेदवार नबन्ने घोषणा गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत् पार्टीका नेता–कार्यकर्ता, शुभेच्छुक तथा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

अपदस्त प्रधानमन्त्रीलाई चुनौति दिइरहेका र्‍यापरबाट मेयर बनेका युवा

काठमाडौँ – र्‍यापरबाट राजनीतिज्ञ बनेका नेपालका बालेन्द्र शाहले उनकै...

पूर्वमन्त्री दिपक खड्काद्वारा आगामी निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा

संखुवासभा - नेपाली कांग्रेसका नेता एबम पूर्वमन्त्री दिपक खड्काले...

पर्यटकलाई आकर्षण गर्दै बोराबाँध (तस्वीरहरू)

सुनसरीको बराहक्षेत्र नगरपालिकामा रहेको बोराबाँधले पछिल्लो समय पर्यटकलाई आकर्षण...

जनकपुरधाममा बालेनको धार्मिक–राजनीतिक यात्रा (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह...

रुख र चारतारे झण्डाबाहेक अरु सोच्न सकिन्न : दीपक खड्का

काठमाडौं - नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री दीपक खड्काले...

सुनिताले दिइन बालेनलाई धन्यवाद

काठमाडौं - काठमाडौं महानगरपालिकाकी कार्यवहाक प्रमुख सुनिता डंगोलले महानगर...

धेरै पढिएको