नागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रदान गर्न आईजीपी ज्ञवालीको निर्देशन

बारा – प्रहरी महानिरीक्षक (आईजी) ठाकुर प्रसाद ज्ञवालीले राज्य र प्रहरी संगठनले सोचेजस्तो एवं आमनागरिकले खोजेजस्तो उत्कृष्ट प्रहरी सेवा प्रवाह गर्नु प्रहरी कर्मचारीको दायित्व रहेको बताएका छन् ।

बारा, पर्सा र रौतहट जिल्ला तथा मातहत कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरुलाई २ नम्बर ट्राफिक प्रहरी कार्यालय बारामा आइतबार आयोजित कार्यक्रममा निर्देशन दिंदै प्रहरी महानिरीक्षक ज्ञवालीले उक्त कुरा बताएका हुन ।

प्रहरी समाजको अभिन्न अंग भएकोले आमनागरिकलाई व्यावसायिक एवं सहज रुपमा सेवा प्रदान गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले भने, ‘उत्कृष्ट सेवाको प्रतिफल स्वरुप नागरिकबाट प्राप्त स्याबासी नै हाम्रो उर्जा हो । त्यसैले नागरिक सेवालाई केन्द्रमा राखी थप उत्कृष्ट सेवा दिनेतर्फ सबै प्रहरी कर्मचारीहरु केन्द्रित र दृढ रहनुपर्छ ।’ समुदाय-प्रहरी साझेदारी कार्यक्रम लिएर जाँदा नागरिकले खोजेजस्तो सेवा प्रदान गर्न सकिने उल्लेख गर्दै उनले प्रहरीलाई नागरिक समाजको नजिक जान कार्यक्रमले थप प्रेरित गर्ने र यसले आफ्नै व्यावसायिकता समेत अभिवृद्धि गर्नेछ भने ।

अपराध अनुसन्धानलाई निष्कर्षमा पुर्या उन धैर्यता, लगनशीलता र उच्च व्यावसायिकताले मात्र सम्भव हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले लैंगिक तथा घरेलु हिंसा लगायतका घटना न्यूनीकरणका लागि सामुहिक रुपमा एक्यबद्ध भई काम गर्नुपर्ने चर्चा गरे ।

राजश्व संकलन कार्यान्वयनको पक्ष सवल होस् भन्ने अभिप्रायले सबै सरोकारवाला निकाय र समाजका सबै समूहसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्नेमा जोड दिंदै उनले सडक दुर्घटना र अवरोधको बेला कुनै सम्झौता नगरी तत्काल समस्या समाधान हुने गरी काम गर्नुपर्ने बताए ।

प्रहरी कर्मचारीहरु उच्च आचरण र व्यवहारको नमूना बनुन् भन्ने आफ्नो उत्कट चाहना रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै स्वार्थ वा प्रलोभनमा परी काम कारवाही गरेमा वा कुनै गैरव्यावसायिक क्रियाकलापमा प्रहरी कर्मचारीहरु संलग्न भएको पाइएमा त्यसको नैतिक दायित्व सम्बन्धित कमाण्डरमा समेत हुने भएकोले त्यस्ता कार्य कुनै हालतमा क्षम्य नहुने बताए ।

यस्ता संगठन विरुद्ध लाग्ने जो कोही सजायको भागीदार हुनुपर्ने तर असल नियतले सबैको हितका लागि संगठनको नीति अनुरुप गरेका कुराहरुको संरक्षण संगठनले गर्ने उनले प्रष्ट पारे ।

सिफारिस

साफ महिला क्लब च्याम्पियनसिपका लागि तयार भयो दशरथ रंगशाला (तस्वीरहरू)

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुन लागेको साफ महिला क्लब च्याम्पियनसिप फुटवल प्रतियोगिताको तयारी पूरा भएको छ । दक्षिण एशियाली फुटबल महासंघ (साफ)को आयोजनामा हुन लागेको...

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको उम्मेदवार सिफारिस गर्न मातहतका समितिलाई परिपत्र गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको निर्णयअनुसार प्रदेश, जिल्ला र...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि समय कम भएको बताएका छन्। मंगलबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले महाधिवेशन गर्न कम्तीमा तीन महिना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

यस्ता छन् कांग्रेसबाट सांसदको उम्मेदवार बन्न तोकिएको १० योग्यता

नेपाली कांग्रेसले आसन्न राष्ट्रिय सभा तथा प्रतिनिधि सभा निर्वाचनको...

शेखर दाइ र म मध्ये एक जना सभापतिमा लड्छौं : शशांक कोइराला

चितवन- नेपाली कांग्रेसका नेता डा शशांक कोइरालाले महाधिवेशनका लागि...

ड्रोनबाट यस्तो देखियो, सन्तानेश्वर महादेवको मन्दिर (तस्वीरहरू)

गोदावरी नगरपालिका वडा नं. १३ झरुवारासी कैलास पर्वतमा सन्तानेश्वर...

मेयर बालेनका बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि (तस्विरहरू)

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको बुवाको पशुपति आर्यघाटमा अन्त्येष्टि...

यस्तो छ कांग्रेस महाधिवेशन कार्यतालिका

नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशको कार्यतालिका सार्वजनिक गरेको छ।...

धेरै पढिएको