चुनावका लागि राजीनामा दिएकी शिक्षिका पुनः विद्यालय फर्किएपछि…

जनकपुरधाम – स्थानीय निर्वाचनमा उमेदवार बन्न राजीनामा दिएकी शिक्षिका पुनः विद्यालय फर्किएपछि विवाद सुरु भएको छ । धनुषाको गणेशमान चारनाथ नगरपालिकास्थित माध्यमिक विद्यालय बरमझियामा रेखा यादव हाजिर हुन खोजेपछि विवाद सुरु भएको हो ।

उनलाई प्रधानध्यापक राजदेव यादवले आर्थिक प्रलोभनमा परी हाजिर गराउन खोजेको आरोप छ । राजीनामा बुझाएका शिक्षिकालाई हाजिर गराएपछि स्थानीयले विद्यालयमा मंगलबार तालाबन्दीसमेत गरेका छन् ।

रेखाले वैशाख ८ गते राजीनामा दिएकी थिइन् । उनी राहत तृतीय श्रेणी पदमा कार्यरत थिइन् । वैशाख ३० गते भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट उमेदवारी दिने तयारी गरेपनि अन्तिम समयमा उनको टिकट खोसिएको थियो । उनले दिएको राजीनामामा प्रधानाध्यापक यादवले तोक पनि लगाएका छन् ।

वैसाख ९ गतेदेखि लागू हुने राजीनामा स्वीकृत गरिएको पत्र रेखा यादवको नाममा पठाएको देखिन्छ । उक्त पत्रको बोधार्थमा जिल्ला शिक्षा विकास समन्वय इकाई धनुषा र गणेशमान चारनाथ नगरपालिका वीरेन्द्रबजार उल्लेख गरिएको छ । सकल राजीनामा पत्र, राजीनामा स्वीकृत गरिएको सकल पत्र र सकल दर्ता चलानी किताब अहिले उनीहरूले लुकाउन खोजेको देखिन्छ ।

सोही विषयमा वडाध्यक्षले रेखा यादवको विषयमा आवश्यक छानबिन गरी कारबाहीको लागि पालिकामा पत्र पठाएका छन् । यद्यपि, अहिलेसम्म नगर प्रमुख जितनारायण यादव, उपप्रमुख तुल्सा पाण्डे र प्रमुख प्रशासकीय अधिकृत लखनदेव यादवले कुनै चासो नदिएको वडाध्यक्ष नन्दकिशोर यादवको गुनासो छ ।

शिक्षकहरूले विद्यालयमा राजनीति गरेको कारण शैक्षिक अवस्थामा नकारात्मक प्रभाव परेको उनको भनाइ छ ।

सिफारिस

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

काठमाडौं । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने...

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक महत्वपूर्ण उपलब्धिमा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ विश्वकै प्रतिष्ठित युवा फुटबल प्रतियोगिता डाना कप (DANA...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

भर्खरै

डेनमार्कको प्रतिष्ठित ‘डाना कप’ मा नेपाली महिला रेफ्री लक्ष्मी श्रेष्ठ मनोनित

काठमाडौं - नेपाली फुटबलका लागि गौरवको विषय बनेको एक...

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

धेरै पढिएको