डोनाल्ड ट्रम्प फकाउँदै भारत

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि भारतमा ३५ घण्टा बिताउँदै छन् ।

नेपालमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को बहस अमेरिकासँगको सम्बन्धको ‘खड्गो’का रूपमा छलफल भइरहेको छ ।

नेपालले अमेरिकासँग भारतभन्दा पहिला सम्बन्ध स्थापना गरे पनि राष्ट्रपतिस्तरबाट भ्रमण गराउन सकेको छैन ।

दुई दशकयताका सबै अमेरिकी राष्ट्रपतिले भारत भ्रमण गरेका छन्। भारत आउन लागेका ट्रम्प सातौं अमेरिकी राष्ट्रपति हुन् । भारतलाई अमेरिकाले आन्तरिक विषयमा कुरा नउठाओस् भन्ने लागेको छ । अमेरिका भने यो ‘लक्ष्मण रेखा’मा सीमित रहने अवस्था छैन ।

‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा ट्रम्पले लोकतान्त्रिक परम्परालाई समर्थन गर्न भारतले धार्मिक अल्पसंख्यकको सम्मानतर्फ ध्यान केन्द्रित गरिरहेको छ त भन्ने तथ्यलाई विश्वले नियालिरहेको विषयमा ध्यानाकर्षण गर्नेछन्’, ह्वाइट हाउसका प्रवक्ताले नियमित पत्रकार सम्मेलनमा भने, ‘भारतको संविधानमा पनि धार्मिक स्वतन्त्रता, धार्मिक अल्पसंख्यकको सम्मान र सबै धर्मका लागि समानताको अधिकार छ ।’

योसँगै अमेरिकाले भारतलाई यो क्षेत्रको मुख्य खेलाडीका रूपमा प्रस्तुत गरिरहेको छ । यो अमेरिकाका लागि आवश्यक रहेको पूर्वराजदूत डा. दिनेश भट्टराईले बताए ।

‘भारत–अमेरिका सम्बन्धका आधारमा यो क्षेत्रको सम्बन्ध र राजनीति तय हुनेछ’, उनले भने ।

नेपाल र अमेरिकाको सात दशक लामो सम्बन्धमा नेपाल आउने एक मात्र उच्चस्तरीय नेता उपराष्ट्रपति स्पिरो एगन्यु मात्रै हुन् ।

भारतसँग अमेरिकाको सम्बन्धमा निखारता आइरहँदा नेपालले पनि उच्चस्तरीय भ्रमणमार्फत सम्बन्धलाई बढोत्तरी गर्नुपर्नेमा जोड दिनु आवश्यक छ ।

भट्टराईका अनुसार दिल्लीलाई बेइजिङतर्फ चनाखो राख्न पनि वासिङटनले सहकार्य अघि बढाउनेछ । इन्डो प्यासिफिकको विषय त्यति धेरै नउठे पनि त्यो पाटोमा अमेरिका चनाखो रहने उनले बताए ।

ट्रम्पको यो भ्रमण द्विपक्षीय आन्तरिक मामिलामा बढी केन्द्रित हुने भए पनि यसमा एउटा मुख्य पाटोका रूपमा रहेको आईपीएसमा बहस हुन्छ । भारत र अमेरिका दुवैका लागि यो महत्वपूर्ण मानिएको छ ।

अमेरिकामा हुने निर्वाचनको नौ महिनाअघि ट्रम्पले भारत भ्रमण गर्दै छन् । मोदीले आफ्नो दोस्रो कार्यकालमा ट्रम्पसँग पाँचौं भेटवार्ता गर्नेछन् । उनको अघिल्लो कार्यकालमा ट्रम्प भारत आउन पाएका थिएनन् ।

ट्रम्प यसपटक निम्तो स्वीकार गरी श्रीमती मेलानियाका साथ व्यस्त कार्यतालिकासहित सोमबार अपराह्न नयाँदिल्ली ओर्लन लागेको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा चन्द्रशेखर अधिकारीले लेखेका छन् ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको