भारतको लज्जास्पद हार, न्युजिल्यान्ड १० विकेटले विजयी

एजेन्सी – तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गरेपछि न्युजिल्यान्ड विरुद्ध जारी टेस्ट सिरिजको पहिलो खेलमा पाहुना टोली भारत १० विकेटले पराजित भएको छ ।

सोमबार चौथो दिनको खेलमा भारत आफ्नो दोस्रो इनिङमा १ सय ९१ रनमा नै अलआउट भएपछि न्युजिल्यान्डले मात्र ९ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य मात्र १० बलमा पूरा गर्दै न्युजिल्यान्डले सहज जित दर्ता गर्यो । यससँगै २ खेलको टेस्ट सिरिजमा न्युजिल्यान्डले १-० को अग्रता लिएको छ । दोस्रो टेस्ट शनिबारदेखि क्राइस्टचर्चमा सुरु हुनेछ ।

सोमबार पहिलो विकेटका रुपमा अजिन्क्या रहाने २९ रन जोड्दै बोल्टको बलिङमा कट बिहाइन्ड भएपछि भारतको विकेट पतन सुरु भएको थियो । त्यसपछि हनुमा विहारी १५ रनमा बोल्ड भए । आश्विन ४ रनमा साउथीको एलबीडब्लु शिकार बन्द इशान्त शर्मा ग्रान्डहोमको बलमा आउट हुन पुगे । ऋषभ पन्तले २५ रन जोड्दै क्याचआउट भए भने जस्प्रित बुमारहले खाता खोल्न सकेनन् ।

पहिलो इनिङमा १ सय ६५ मा अलआउट भएको भारतको यस खेल अवधिभर ब्याटिङ चलन सकेन । जवाफमा न्युजिल्यान्डले भने कप्तान विलियमसनको ८९ रनको मदतले ३ सय ४८ रनको योगफल खडा गर्यो । उक्त स्कोर नै जितको आधार बनेको थियो । खेलमा कुल ९ विकेट लिएका टिम साउथी म्यान अफ द म्याच भए ।

सिफारिस

असार लागेसँगै रोपाइँमा व्यस्त फर्पिंङका किसान (तस्वीरहरू)

काठमाडौँ — असारको सुरुवातसँगै रोपाईंको चहलपहल सुरु भएको छ। वर्षाले भिजेको खेत, हिलोमा खुट्टा गाडेर धान रोपिरहेका किसान, र पृष्ठभूमिमा गुन्जिरहेको असारे भाकाले नेपाली...

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही भूभाग तथा लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका केही...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२० अन्तर्राष्ट्रिय (T20I) सिरिजमा पहिलो जित दर्ता गरेको छ। मंगलबार डन्डीस्थित टिटवुड मैदानमा भएको तेस्रो खेलमा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मौसम: यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

टी–२० शृंखला : नेपालसँग स्कटल्यान्ड पराजित

काठमाडौँ — नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले त्रिकोणात्मक टि२०...

मन्त्रालय मातहत भएका कामको प्रगति सन्तोषजनक छैन, लक्ष्य भेट्ने गरि काम गर्नुस् : उर्जामन्त्री खड्का

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले मन्त्रालय...

चर्चित गायक मनोज गुरुङको नयाँ गीत “फूलको डोलिमा” सार्वजनिक

काठमाडौँ – नेपाली संगीत क्षेत्रका अनुभवी तथा लोकप्रिय गायक...

 यातायात व्यवसायी सरोज सिटौला कांग्रेस प्रवेश

काठमाडौँ - नेपालका चर्चित यातायात व्यवसायी सरोज सिटौला नेपाली...

ब्राइट करियर ट्रेनिङ सेन्टरद्वारा बर्दघाटमा पहिलोपटक मन्टेश्वरी तथा इसिडी तालिम 

बर्दघाट, नवलपरासी — बर्दघाटस्थित ब्राइट करियर ट्रेनिङ सेन्टर प्रा....

धेरै पढिएको