काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाउँदै ओली सरकार, को को आउँदै छन् नयाँ मन्त्री ?

काठमाडौं – सरकार गठन भएको दुई वर्षपछि प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गर्ने गृहकार्य अगाडि बढाएका छन् ।

दुई वर्षको अवधिमा पनि प्रतिबद्धताअनुसार काम गर्न नसक्ने मन्त्रीहरुलाई हटाएर नयाँ मन्त्री बनाउने विषयमा उनले परामर्थ अगाडि बढाएका छन् ।

यसअघि गत मंसिर १५ मा प्रधानमन्त्री ओलीले ५ मन्त्रीलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए ।

सरकारका कामलाई प्रभावकारी बनाउन उनले पछिल्लो चरणमा नियुक्त गरेका बाहेकका अन्य मन्त्री हेरफेर गर्ने गरी गृहकार्य अगाडि बढाइएको प्रधानमन्त्री निकट एक सचिवालय सदस्यले बताए ।

उनका अनुसार यही फागुनभित्र नै मन्त्रिमण्डल विस्तार गर्नेछन् ।

प्रधानमन्त्री ओलीले यसअघि अध्यक्ष दाहालसँग सामान्य छलफल गरेर एकलौटी रुपमा मन्त्री नियुक्ति गर्दै आउनु भएको थियो । त्यसले वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता असन्तुष्ट बन्नुभएको थियो । प्रधानमन्त्रीले एकलौटी ढंगले मन्त्री बनाउँदा त्यसले पार्टीभित्र असन्तुष्टि विवाद मात्र बढेन, मन्त्रीहरु नै अनेक विवादमा पर्न थाले । त्यसबाट प्रधानमन्त्री ओलीको आलोचना हुन थाल्यो । मन्त्रीहरुको विषयलाई लिएर आफ्नो आलोचना हुन थालेपछि प्रधानमन्त्रीले पछिल्लो समय वरिष्ठ नेताद्वय नेपाल र खनालसँग समेत परामर्श गर्न थाल्नुभएको छ । बाँस्कोटा प्रकरणपछि प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच छलफल भएको छ ।

प्रधानमन्त्रीले जनचाहना अनुसार काम गर्न नसकेका केही मन्त्रीहरुलाई फेर्ने उदेश्ले नेपाल र खनाललसँग संवाद शुरु गर्नुभएको स्रोत बताउँछ । दुई मन्त्रालय रिक्त र केही हेरफेर हुने संकेत पाएपछि नेकपामा मन्त्रीको लागि फेरि दौडधुप हुन थालेको छ । केही नेता भने अघिल्लो पटकको लोकप्रियताकै कारण फेरि मन्त्री बन्ने आशमा छन् । त्यहीभित्र पर्नु हुन्छ पूर्व मन्त्रीद्वय सोमप्रसाद पाण्डे र महेश बस्नेत । पाण्डे मंसिर ४ को पुर्नगठनमै मन्त्री हुने चर्चा थियो । तर विभिन्न कारणले उहाँ समेटिनु भएन । अहिले फेरि मन्त्रीमा उहाँको चर्चा हुन थालेको छ । त्यस्तै अर्को पूर्वमन्त्री बस्नेत फेरि मन्त्री बन्न दौडधुप गरिरहनुभएको स्रोत बताउँछ ।

यो पनि पढ्नुहोस्

२० हजार पनि तिर्न सक्दैनन् एलआईसी नेपालका प्रमुख कार्यकारी अधिकृत !

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको