संविधान संशोधन नै गर्ने भए नेपाललाई हिन्दु राष्ट्र बनाऔं, राजसंस्थाको पुर्नस्थापना गरौं

सुर्खेत – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपाले गर्ने भनेको संविधान संसोधन अहिले आवश्यक नरहेको बताएका छन्। थापाले सरकारले गर्नु पर्ने जनजिवीका र विकासका काम छोडेर संविधान संसोधनको तयारीमा लाग्नु भनेको ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भने जस्तै भएको बताएका छन्।

राप्रपा नेपालको निर्वाचन अभिमुखिकरण बैठकका लागि सुर्खेत आइपुगेका अध्यक्ष थापाले पत्रकारसँगको भेटघाटमा सत्तारुढ नेकपाले बिना अर्थमा संविधान संशोधनको तयारी गरेको जनाए। देशमा भ्रष्टाचार बढिरहेको बताउँदै अध्यक्ष थापाले धर्म परिर्वतन, बेरोजगारी समस्या, बाह्य शक्तिको दबाब र प्रभाव पनि बढिरहेकोमा चिन्ता व्यक्त गरे।

उनले संविधान संशोधन नै गर्ने भए राजतन्त्र स्थापना गर्ने गरी संसोधन गर्नु पर्ने थापाले बताए। ‘संविधान संशोधन नै गर्ने भए नेपाललाई हिन्दु राष्ट्र बनाऔं, राजसंस्थाको पुर्नस्थापना गरौं,’ उनले भने, ‘जननिर्वाचित व्यक्ति मात्रै कार्यकारी प्रमुख हुने व्यवस्था संविधानमा उल्लेख छदैछ।’ संविधान र संसदको नियन्त्रणमा रहने राजतन्त्र स्थापना गर्नुपर्नेमा उनको जोड छ। थापाले संविधान निर्माताको परिकल्पना निर्वाचन हारेकालाई प्रधानमन्त्री बनाउनको लागि नभएको बताए।

उनले का‌ंग्रेस र नेकपा सिद्धान्तविहीन भइसकेको जिकीर पनि गरे। ‘वैकल्पिक शक्ति अबको राप्रपा नै हो।’ उनले भने, ‘वैकल्पिक क्षमता र चरित्र राप्रपासँग छ।’ अर्को एक प्रसंगमा अध्यक्ष थापाले राप्रपा संयुक्तसँग एकताको लागि ढोका खुल्लै रहेको बताएका छन्। राप्रपा संयुक्तसँग बीचमा पार्टीको सिद्धान्त, विचार, चुनाव चिन्ह, नेतृत्व, संरचना सबैमा सहमति भइसकेको थापाको दाबी छ।

सिफारिस

सकियो रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम, पाँच रेडियोलाई सम्मान

काठमाडौं — नेपाली सेनाद्वारा जङ्गी अड्डामा सञ्चालन गरिएको चार दिने “रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम (Defence Correspondent Orientation Programme, DCOP)” आज सम्पन्न भएको छ। वैशाख २८...

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको छैटौँ संस्करणको एकदिने “राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३” आज सम्पन्न भएको छ। गोष्ठीको समापन प्रधान सेनापति...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

भर्खरै

राष्ट्रिय साइबर सुरक्षा गोष्ठी–२०८३ सम्पन्न

काठमाडौं — नेपाली सेनाको आयोजनामा जङ्गी अड्डामा सञ्चालन भएको...

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

धेरै पढिएको