आईजीपी ज्ञवालीद्वारा नेपाल प्रहरी अस्पतालको निरीक्षण, दिए यस्तो निर्देशन

काठमाडौं – प्रहरी महानिरीक्षक (आईजी) ठाकुर प्रसाद ज्ञवालीले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

सो क्रममा प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालको डेन्टल विभाग, अर्थो वार्ड, सर्जिकल वार्ड, पथ्य विभाग, स्त्री तथा प्रसुती वार्ड, ओपिडी, फिजियो थेरापी रिहाविलिटेशन युनिट, रेडियो डाईग्नोसिस तथा ईमेजिङ विभाग, मेडिकल वार्ड, ल्याब, इमरजेन्सी विभाग लगायतको निरीक्षण गरे । साथै उनले उपचाररत विरामीहरुको स्वास्थ्य अवस्था तथा अस्पतालबाट हुने विविध गतिविधिका बारेमा जानकारी समेत लिए ।

निरीक्षणपछि आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले उपचारका लागि आउने विरामीहरुका अपेक्षाहरु पूर्ति गर्दै उत्कृष्ट मानवीय सेवा प्रदान गर्न केन्द्रीत हुनुपर्ने बताए ।

नेपाल प्रहरी अस्पताललाई आजको स्थितिसम्म ल्याउनको लागि अग्रजहरुको मेहनत, परिश्रम र लगनशीलता प्रशंसनीय रहेको चर्चा गर्दै  अस्पतालको गुणस्तरमा थप वृद्धि गरी उत्कृष्ट सेवा प्रवाह गर्न दत्तचित्त भएर आ-आफ्नो भूमिका निर्वाह गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उनले निर्देशन दिए ।

अस्पतालको सरसफाई तथा अस्पतालबाट प्रवाह हुने सेवाप्रति सजग भई आ-आफ्नो क्षमताको प्रदर्शन गर्दै सामूहिक रुपमा सबैले विशिष्ट योगदान गर्न आग्रह गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले अस्पतालमा उपचारका लागि आउने सेवाग्राहीप्रतिको वोली, वचन तथा व्यवहारमा संवेदनशील हुनुपर्ने बताए ।

कार्यक्रममा सो अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले अस्पतालको गतिविधि, उपलब्ध सेवाहरु, चुनौतीहरु, योजना, पूर्वाधार विकास लगायतका विषयमा प्रस्तुतीकरण गरेकि थिइन । साथै उनले अस्पतालको सेवालाई थप प्रभावकारी बनाउँदै स्तरीय सेवा दिन अस्पताल सदैव प्रतिबद्ध रहेको समेत बताइन ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको