बानेश्वरको एक भव्य विवाह पार्टीमा दुलाह नआएपछि …

राजधानीमा आयोजित एउटा विवाहमा दुलाहा नआएपछि हल्लीखल्ली मच्चिएको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ । काठमाडौँको बानेश्वरमा आयोजित उक्त विवाह समारोहमा १२ बजे आउने भनिएको जन्ती नै नआएपछि केटी पक्षले प्रहरीलाई उजुरी गरेको थियो ।

आफूलाई इञ्जिनियर बताउने आश्रेय वस्नेतले आफ्नो घर सिनामंगल भएको र आफू डाक्टरको छोरा भएको बताएका थिए । १५ दिनअघि उनीहरुको टिकाटालो पनि भएको थियो । टिकाटालोमा केटी पक्षले केटापक्षलाई चार तोला सुनको गहना पनि दिएको थियो ।

प्रहरीलाई उजुरी गरेपछि प्रहरी वस्नेत बस्ने भनिएको घर पुग्दा उनी डेरमा बस्ने रहेछन्, कोठामा पनि ताला लागेको थियो । केटापक्षले हजुरआमा भनेर चिनाएकी मान्छे पनि फेला परिनन् । कार्डमा दिइएको केटाको बाबु–आमाको नाम पनि फेला परिनन् । केटाको वास्तविक नाम पनि साहिल बस्नेत रहेको खुल्यो ।

काठमाडौँमा नभेटिएका साहिल अन्ततः पोखरा विमानस्थलमा भेटिए । उनको साथबाट सेत नखुलेको चार हजार अमेरिकी डलर पनि फेला परेको छ ।

काठमाडौँ प्रहरी परिसरका डिएसपी होविन्द्र बोगटीका अनुसार आफूलाई इन्जिनियर भने पनि बस्नेतको दाबी पुष्टि गर्ने आधार देखिएको छैन । उनलाई आपराधिक विश्वासघात ठगी मुद्दा चलाउने भइरहेको छ ।

प्रहरीका अनुसार करिब १५ दिन अघि पनि यस्तै उजुरी आएको थियो । फरार रहेका ती दुलहा अझै फेला परेका छैनन् ।

सिफारिस

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा तरुल तथा कन्दमूल किन्ने उपभोक्ताको चहलपहल बढेको छ । पर्वलाई लक्षित गर्दै विभिन्न किसिमका तरुलहरू...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

कुलमान घिसिङले दिएको राजीनामा पत्रमा के छ ?

काठमाडाैँ - कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीलाई राजीनामा बुझाएका...

धेरै पढिएको