मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ‘नेपालगन्ज फेसन शो’ हुँदै

नेपालगन्ज  – नेपालगन्जमा फेशन शो कार्यक्रमको आयोजना हुने भएको छ। फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।

सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि आयोजक टिमले “नेपालगन्ज फेसन शो”को बारेमा औपचारिक जानकारी दिएको हो। फेसन र मोडलिङ क्षेत्रमा रुचि राख्ने एवम यसै क्षेत्रमा अगाडि बढ्न चाहनेहरुलाई केहि सहज होस भन्ने मुख्य उद्देश्यले फेसन शोको आयोजना गर्न लागेको ओएनएस ग्रुपका सिइओ कृष्टल केसीले जानकारी दिए।

आयोजकका अनुसार फेसन शो आगामी चैत्र २२ गते नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा हुनेछ। यसै क्षेत्रमा क्रियाशिल फोटोग्राफर , भिडियोग्राफर र उद्योगी व्यवसायीहरुको सहभागीता रहने उक्त कार्यक्रम पश्चात् नेपालगन्ज क्षेत्रमा पनि विभिन्न बिज्ञापन भिडियो तथा दृश्य सामाग्री निर्माण गर्दा स्थानीय मोडलहरु पनि अनुभवी र सक्षम छन भन्ने सन्देश पठाउने मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा १५ जना युवा र १५ जना युवती मोडलहरुलाई सहभागी गराइनेछ।

उनीहरूलाई आयोजक टिमले एक हप्ता नि:शुल्क प्रशिक्षण दिनेछ। प्रशिक्षणमा कोरियोग्राफी मिस नेपालगन्ज २०१७ दिपिका श्रेष्ठले गर्नेछिन। त्यस्तै, शो स्टपरको रुपमा काठमाडौंबाट चर्चित मोडल तथा अभिनेता प्रज्वल सुजल गिरी रहनेछन।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको