मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ‘नेपालगन्ज फेसन शो’ हुँदै

नेपालगन्ज  – नेपालगन्जमा फेशन शो कार्यक्रमको आयोजना हुने भएको छ। फेसन र मोडलिङ क्षेत्रमा लाग्न चाहने युवायुवतीलाई लक्षित गर्दै ओएनएस ग्रुप नेपालले “नेपालगन्ज फेसन शो” आयोजना गर्न लागेको हो।

सोमबार नेपालगन्जमा पत्रकार सम्मेलन गरि आयोजक टिमले “नेपालगन्ज फेसन शो”को बारेमा औपचारिक जानकारी दिएको हो। फेसन र मोडलिङ क्षेत्रमा रुचि राख्ने एवम यसै क्षेत्रमा अगाडि बढ्न चाहनेहरुलाई केहि सहज होस भन्ने मुख्य उद्देश्यले फेसन शोको आयोजना गर्न लागेको ओएनएस ग्रुपका सिइओ कृष्टल केसीले जानकारी दिए।

आयोजकका अनुसार फेसन शो आगामी चैत्र २२ गते नेपालगन्जको सुनाखरी रेष्टुरेन्टमा हुनेछ। यसै क्षेत्रमा क्रियाशिल फोटोग्राफर , भिडियोग्राफर र उद्योगी व्यवसायीहरुको सहभागीता रहने उक्त कार्यक्रम पश्चात् नेपालगन्ज क्षेत्रमा पनि विभिन्न बिज्ञापन भिडियो तथा दृश्य सामाग्री निर्माण गर्दा स्थानीय मोडलहरु पनि अनुभवी र सक्षम छन भन्ने सन्देश पठाउने मुख्य लक्ष्य रहेको आयोजकले जनाएको छ। कार्यक्रममा १५ जना युवा र १५ जना युवती मोडलहरुलाई सहभागी गराइनेछ।

उनीहरूलाई आयोजक टिमले एक हप्ता नि:शुल्क प्रशिक्षण दिनेछ। प्रशिक्षणमा कोरियोग्राफी मिस नेपालगन्ज २०१७ दिपिका श्रेष्ठले गर्नेछिन। त्यस्तै, शो स्टपरको रुपमा काठमाडौंबाट चर्चित मोडल तथा अभिनेता प्रज्वल सुजल गिरी रहनेछन।

सिफारिस

ऊर्जामन्त्री खड्कासँग विश्व बैंक क्षेत्रीय निर्देशक गुप्ताको भेट, के-के भयो छलफल ?

काठमाडौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग विश्व बैंक दक्षिण एशियाका क्षेत्रीय निर्देशक पंकज गुप्ताले बिहीबार सिंहदरबारमा भेटवार्ता गरेका छन् । भेटमा १,०६३...

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा ५-३ गोलअन्तरले हराउँदै पोर्चुगलले युईएफए नेसन्स लिगको उपाधि जितेको छ । अतिरिक्त समयमा २-२ गोलको बराबरीमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब ठूलो आन्दोलन नहुने भएकाले उपयुक्त समयमा पार्टीले आन्दोलन गर्ने बताएका छन्। झापाको हल्दिबारीमा शनिबार सञ्चारकर्मीसँग कुरा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्पेनलाई हराउँदै पोर्चुगल जित्यो युईएफए नेसन्स लिगको उपाधि

काठमाडौं- आइतबार म्युनिखमा भएको फाइनल खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा...

अब ठूलो आन्दोलन हुँदैन : राप्रपा अध्यक्ष लिङ्देन

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्षा लागिसकेकाले अब...

लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ लोकार्पण

काठमाडौँ - लेखक तथा पत्रकार लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’...

नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समिति बैठक: के- के गर्यो निर्णय ?

काठमाडौँ - नेपाल परिवार दलको केन्द्रिय कार्यसम्पादन समितिको बैठक...

प्रदीपराज वन्त ‘म्युजिक खबर फोटो पत्रकारिता सम्मान २०८१’ बाट सम्मानित

काठमाडौँ — म्युजिक खबर म्युजिक अवार्डको १२औँ संस्करणमा फोटो...

नेपालका पर्यटन पेशाकर्मीलाई चिनियाँ भाषा प्रशिक्षण सुरु

काठमाडौं — नेपालका पर्यटन पेशाकर्मीहरूलाई लक्षित गरी चिनियाँ भाषा प्रशिक्षण...

धेरै पढिएको