नेपाली युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई ८ वर्ष कैद

मकवानपुर- जिल्ला अदालत मकवानपुरले युवतीमाथि एसिड प्रहार गर्ने भारतीय नागरिकलाई ८ वर्ष कैद र एक लाख जरिवानाको फैसला गरेको छ ।
अभियुक्तबाट उपचार खर्च एक करोड १४ लाख ८५ हजार रुपैया भराउन पनि अदालतले आदेश दिएको छ । अभियुक्तलाई सघाउने एक जनालाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवानाको फैसला सुनाएको छ ।

जिल्ला न्यायाधीश कमलराज विष्टको बिहीबारको इजलाशले भारत महाराजगञ्जस्थित अमरपूर्वन–६ का राज भन्ने दिलीपराज केशरीलाई उक्त फैसला सुनाएको हो । केशरीले हेटौडा उपमहानगरपालिका वडा नम्बर २ की २० वर्षीया विन्दावासिनी कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए ।

केशरीलाई साविकको मुलुकी ऐन ज्यान सम्वन्धी महलको १५ नम्बर मुलुकी अपराधंसंहिता २०७४ दफा १८३ (२) अनुसार ८ वर्ष कैद र एक लाख रुपैया जरिवानासहित उपचार खर्च एक करोड १४ लाख ८५ हजार भराउने फैसला गरेको स्रेस्तेदार केशवराज कौशिकले जानकारी दिए । केशरी विदेशी नागरिक भएकाले उक्त रकम पीडितलाई उपलब्ध गराउन सरकारले पहल गर्ने र निजबाट भराउन नसकेमा सरकार आफैंले पीडितलाई उपचार खर्च उपलब्ध गराउन पनि अदालतले आदेश जारी गरेको छ ।

उक्त इजलाशले युवती कंसाकारमाथि एसिड प्रहार गरी मुख्य अभियुक्तलाई भगाउने काम गरेका सन्जयकुमार मण्डललाई २ वर्ष ६ महिना कैद र ४० हजार रुपैया जरिवाना गर्ने फैसला गरेको छ । हेटौंडा बजारको मुख्य चोकमा आफ्नै भाँडा पसलमा बसिरहेका बेला कंसाकारलाई एसिड आक्रमण गरेर भाग्ने क्रममा मुख्य अभियुक्त केशरीलाई मण्डलले मोटरसाइकलमा राखेर भगाएका थिए ।

प्रेम प्रस्ताव अस्वीकार गरेपछि २०७० साल वैशाख ९ मा कंसाकारको अनुहारमा एसिड प्रहार गरेका थिए । उपचारका क्रममा हालसम्म करिब डेढ करोड रुपैयाँ खर्च भइसकेको पीडित परिवारले जनाएको छ ।

सिफारिस

काभा महिला भलिबल: किर्गिस्तानमाथि नेपालको सानदार जित, सेमिफाइनल आशा कायमै (तस्वीरहरू)

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले पहिलो जित दर्ता गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्ड हल...

आफ्नै जिल्लामा लखेटिए रास्वपाका यी चार सांसद

बारा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव उत्पन्न हुँदा बारा जिल्लाबाट निर्वाचित  चार सांसद बैठक स्थलबाटै निकालिएका छन्। आज कलैयामा आयोजित...

 काभा महिला भलिबल: भारतसँग पाँच सेटसम्म लड्दा पनि नेपाल पराजित (तस्वीरहरू)

काठमाडौं – घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले हारबाट यात्रा थालेको छ। त्रिपुरेश्वरस्थितराष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमामा शुक्रबार भएको...

भर्खरै

आफ्नै जिल्लामा लखेटिए रास्वपाका यी चार सांसद

बारा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका...

 काभा महिला भलिबल: भारतसँग पाँच सेटसम्म लड्दा पनि नेपाल पराजित (तस्वीरहरू)

काठमाडौं – घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल...

जेठ १४ गते देशभर सार्वजनिक बिदा

काठमाडौं- नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर...

रविले निष्काशित गरे जिल्ला सभापति, यस्तो छ आरोप

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी...

किन रोक्यो बालेन सरकारले नयाँ सवारी दर्ता ?

काठमाडौं । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता...

शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप, ८ राष्ट्रका टोली नेपालमा (तस्वीरहरू)

काठमाडौं - महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा...

धेरै पढिएको