नेकपा भित्र कुनै विवाद छैन : प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पार्टीभित्र कुनै विवाद नरहेको बताएका छन्  ।

राष्ट्रिय सभाको रिक्त एक सदस्यमा कसलाई मनोनित गर्ने भन्ने विषयमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच आफ्नो विवाद रहेको भन्ने समाचार आइरहेको समयमा अध्यक्ष दाहालले पार्टीमा दुई लाइन संघर्ष हुनु सामान्य भएको बताउनुभएको हो । पछिल्लो पटक पार्टीभित्र गम्भीर खालको समस्या देखा परेको टिकाटिप्पणीका बीच दाहालले विवादरहित भएको दिन पार्टी नै नरहने धारणा राखे  । बिहिबार नेकपा बागमती प्रदेशको प्रशिक्षण तथा भेलालाई सम्बोधन गर्दै दाहालले नेतृत्वमा गम्भीर खालको कुनै विवाद नरहेको भन्दै ढुक्क रहन नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । कम्युनिस्ट आन्दोलन साम्यवादमा नपुग्दासम्म विवाद, संघर्ष, भूमरी परिराख्ने, ठक्कर खाने भइराख्ने भएकाले यसलाई सबैले स्वीकार्नुपर्ने उनको भनाइ छ । बुधबारको सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय भएकोमा त्यसलाई कार्यान्वयन नगर्ने ओलीले बताएपछि पार्टीभित्रको चर्को विवाद बाहिर आएको हो । प्रधानमन्त्री ओली भने वर्तमान अर्थमन्त्री युवराज खतिवडालाई नै निरन्तरता दिने पक्षमा रहनुभएको छ । अध्यक्ष दाहालले एमसीसी राष्ट्रको हितमा हुनेगरी अगाडि बढाइने जानकारी समेत दिए ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको