अनमोल जस्तो छोरो जन्माउनु भन्दै भुवन केसीले नीता–हरिहरलाई दिए यस्ता सुझाव

अभिनेत्री नीता ढुंगानाको विवाहको सरगर्मीले तातेको नेपाली फिल्म वृत्त अझैं सेलाएको छैन। नीताले विवाहको अघिल्लो दिन दिएको संगीत पार्टीदेखि अन्मिदाको उनको अनुहारका बारेमा चर्चा भइरहेकाे छ।

नीता–हरिहरको वैवाहिक समारोहमा पुगेर भनेजस्तो फोटो खिच्न नपाएपछि विच्किएका सेलिब्रेटीको मन दुखाइपनि सार्वजनिक भएका छन्। यसै क्रममा यो जोडीको विवाहको रिसेप्सन पार्टीमा पुगेका भुवन केसीले दिएको शुभकामना पनि चर्चामा आएको छ।

भुवनले नीता–हरिहर जोडीलाई चाँडै अनमोल जस्तो छोरो जन्माएर फिल्म खेलाउनु भनेपछि यो जोडी निक्कै हाँसेको थियो।

अहिले बजारमा भुवनको यो शुभकामनाको चर्चा भइरहेकाे छ। त्यसो त भुवन ठाउँ पाएसम्म आफ्ना छोरा अनमोलको प्रमोसन गर्न चुक्दैनन्। भुवनले नीता–हरिहरको बिहे पार्टीमा घुमाउँरो शैलीमा अनमोल जस्तो उत्कृष्ठ अरु नभएको संकेत गरे।

त्यस्तै, अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी शुक्रबार बैबाहिक जिवनमा बाँधिए । केहि समय देखी चल्दै आएको माया प्रेमलाई यो जोडीले शुक्रबार बाट औपचारीक रुपमा श्रीमान् श्रीमतीको सम्बन्धमा स्थापित गरिदियो ।

शुक्रबार विवाह गरेका यो जोडीले आईतबार भने रिसेप्सन पार्टी दिएको छ । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन पार्टी दिएका हुन् ।

यो जोडीको रिसेप्सन पार्टीमा बिभिन्न क्षेत्रका ब्यक्तित्वको राम्रै उपस्थिती देखियो । पार्टीमा राजनीतिक दलका नेता देखि लिएर, कलाकार, पत्रकारहरुको उपस्थिती देख्न पाईएको थियो ।

नीता र हरिहरको रिसेप्सन पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, नायक भुवन केसी, गायक राजेश पाल राई, निर्माता तथा निर्देशक अशोक शर्मा, रबिन्द्र मिश्र, बर्षमान पुनः , मिथीला शर्मा लगायत थुप्रै नयाँ तथा पुरा फिल्मकर्मी तथा रंग पत्रकारको सहभागिता रहेको थियो ।

पार्टीमा सबैको आकर्षणको रुपमा भने बालेन शाह देखिए । उनी संग फोटो खिच्ने र सेल्फी हान्नेहरुको भीड नै लागेको थियो ।

भर्खरै बिबाह बन्धनमा बाँधिएको यो जोडीले संयुक्त रुपमा ह्रस्व दीर्घ फिलम फिल्म निर्देशन गर्दै छन् । जसको चर्चा अगाडी देखी नै चुलिदै आईरहेको छ ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको