अनमोल जस्तो छोरो जन्माउनु भन्दै भुवन केसीले नीता–हरिहरलाई दिए यस्ता सुझाव

अभिनेत्री नीता ढुंगानाको विवाहको सरगर्मीले तातेको नेपाली फिल्म वृत्त अझैं सेलाएको छैन। नीताले विवाहको अघिल्लो दिन दिएको संगीत पार्टीदेखि अन्मिदाको उनको अनुहारका बारेमा चर्चा भइरहेकाे छ।

नीता–हरिहरको वैवाहिक समारोहमा पुगेर भनेजस्तो फोटो खिच्न नपाएपछि विच्किएका सेलिब्रेटीको मन दुखाइपनि सार्वजनिक भएका छन्। यसै क्रममा यो जोडीको विवाहको रिसेप्सन पार्टीमा पुगेका भुवन केसीले दिएको शुभकामना पनि चर्चामा आएको छ।

भुवनले नीता–हरिहर जोडीलाई चाँडै अनमोल जस्तो छोरो जन्माएर फिल्म खेलाउनु भनेपछि यो जोडी निक्कै हाँसेको थियो।

अहिले बजारमा भुवनको यो शुभकामनाको चर्चा भइरहेकाे छ। त्यसो त भुवन ठाउँ पाएसम्म आफ्ना छोरा अनमोलको प्रमोसन गर्न चुक्दैनन्। भुवनले नीता–हरिहरको बिहे पार्टीमा घुमाउँरो शैलीमा अनमोल जस्तो उत्कृष्ठ अरु नभएको संकेत गरे।

त्यस्तै, अभिनेत्री नीता ढुंगाना र अभिनेता हरिहर अधिकारी शुक्रबार बैबाहिक जिवनमा बाँधिए । केहि समय देखी चल्दै आएको माया प्रेमलाई यो जोडीले शुक्रबार बाट औपचारीक रुपमा श्रीमान् श्रीमतीको सम्बन्धमा स्थापित गरिदियो ।

शुक्रबार विवाह गरेका यो जोडीले आईतबार भने रिसेप्सन पार्टी दिएको छ । उनीहरुले दरबारमार्गस्थित होटल याक एण्ड यतीमा रिसेप्सन पार्टी दिएका हुन् ।

यो जोडीको रिसेप्सन पार्टीमा बिभिन्न क्षेत्रका ब्यक्तित्वको राम्रै उपस्थिती देखियो । पार्टीमा राजनीतिक दलका नेता देखि लिएर, कलाकार, पत्रकारहरुको उपस्थिती देख्न पाईएको थियो ।

नीता र हरिहरको रिसेप्सन पार्टीमा काठमाडौं महानगरपालिकाका मेयर बालेन साह, नायक भुवन केसी, गायक राजेश पाल राई, निर्माता तथा निर्देशक अशोक शर्मा, रबिन्द्र मिश्र, बर्षमान पुनः , मिथीला शर्मा लगायत थुप्रै नयाँ तथा पुरा फिल्मकर्मी तथा रंग पत्रकारको सहभागिता रहेको थियो ।

पार्टीमा सबैको आकर्षणको रुपमा भने बालेन शाह देखिए । उनी संग फोटो खिच्ने र सेल्फी हान्नेहरुको भीड नै लागेको थियो ।

भर्खरै बिबाह बन्धनमा बाँधिएको यो जोडीले संयुक्त रुपमा ह्रस्व दीर्घ फिलम फिल्म निर्देशन गर्दै छन् । जसको चर्चा अगाडी देखी नै चुलिदै आईरहेको छ ।

सिफारिस

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

भर्खरै

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

धेरै पढिएको