सरकारले यति गरिदिएपछि अभिनेत्री सुरक्षा पन्त खुसी

काठमाडौँ – गत जेठ ५ गते अभिनेत्री सुरक्षा पन्त प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा रेडकार्पेट नाप्ने पहिलो नेपाली अभिनेत्री बनिन् ।

आफू अभिनित इटाली र बेल्जियमको फिल्म ‘द एइट् माउन्टेन्स’ मुख्य प्रतिस्पर्धामा छानिएकाले उनले उक्त अवसर पाएकी थिइन् । तर नेपाली फिल्मबाटै कसले कान्समा पहिलोपटक हिंड्ने अवसर पाउनेछ भन्ने त्यो भविष्यको कुरा हो ।

कान्स रेडकार्पेटमा हिंडेकी सुरक्षा नेपाली मात्र होइन, विश्व मिडियामा चर्चाको विषय बनिन् । उनको यो चर्चालाई नेपालको लोकसेवा आयोगले पनि पछ्याएको छ ।

असार २३ गते भएको नेपाली सेना, अधिकृत क्याडेट पदको खुला प्रयोगात्मक लिखित परीक्षामा यसबारे प्रश्न सोधिएको छ ।

प्रश्न नम्बर १९ मा लोकसेवाले सोधेको छ, ‘फ्रान्समा भएको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने मौका पाउने पहिलो नेपाली अभिनेत्री को हुन् प्रश्नमा चारवटा विकल्प छन्– प्रियंका कार्की, सुरक्षा पन्त, गौरी मल्ल र करिश्मा मानन्धर । लोकसेवाको प्रश्नपत्र फेसबुकमा सेयर गर्दै सुरक्षाले खुसी व्यक्त गरेकी छन् ।

‘लोकसेवाको प्रश्नमा एउटा उत्तर हुँदाको क्षण’ उल्लेख गर्दै उनले हर्ष व्यक्त गरेकी छन् । लोकसेवाको प्रश्नलाई सरकारी अभिलेखको एउटा आधार पनि मानिने भएकाले सुरक्षा मात्र होइन, नेपाली फिल्म उद्योगकै लागि यो खुसीको कुरा हो ।

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको