रामेछाप – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका लागि प्रचलित कानुन सुधार्नु पर्ने वताउनु भएको छ ।
व्यवसायीले काम गर्न खोजे पनि कतिपय कानुन बाधक भएका छन् ढकालले भन्नुभयो तिनै तहका सरकारले कानुनमा सुधार ल्याएर निजी क्षेत्रलाई लगानीका लाग आकर्षित गर्न सक्नुपर्छ । अनुकुल कानुन र वातावरण वनाउन सकेमात्र व्यवसायीले लगानी गरी मुलुकले सम्बृद्धिको बाटो पहिल्याउन सक्ने उहा“को दावि थियो । दोश्रो रामेछाप महोत्सवको शनिबार रामेछापको मन्थलीमा समापन गर्दै उपाध्यक्ष ढकालले भन्नुभयोे – हालको सरकारले उच्च महत्वाकांक्षाका साथ काम गर्न खोजे पनि कता कता अल्मलिई रहेको छ भन्ने निजीक्षेत्रको ठम्माई छ । रामेछाप जिल्लाको हरेक संभावनामा उचित योजना आए निजी क्षेत्र त्यसमा सहकार्य गर्न तत्पर रहेको समेत ढकालले वताउनुभयो । ढकालले निजीक्षेत्रलाई स्वतस्र्फुत रुपमा साझेदारको रुपमा लिन नसकेको अवस्थामा सांचो अर्थमा निजीक्षेत्रको सहभागिता हुन नसक्ने समेत दावि गर्नुभयो । रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष केशवप्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख रमेशकुमार वस्नेतले आन्तरिक उत्पादन र पर्यटनको विकासका लागि महोत्सवले योगदान पु¥याएको वताउनुभयो । उहा“ले विकास निर्माण कार्यमा कुनै पनि विवाद बाकी नरहेकोले मुलुक अव सम्बृद्धि तर्फ अग्रसर भएको वताउनुभयाेे । कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माले महोत्सवले आर्थिक कृयाकलापमा बढोत्तरी ल्याउने वताउनुभयो । महोत्सवले सवैमा उद्यमसिलताको सोचको विकास हुनुपर्नेमा जोड दिदै शर्माले उत्पादित सामाग्री अझै बजार सम्म नआएको महसुस भएको वताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य दिलसुन्दर श्रेष्ठ, डिबि वस्नेत र बाग्मती प्रदेशका अध्यक्ष दिनेशकुमार श्रेष्ठले समेत आ आफ्ना धारणा राख्नु भएको थियो ।
मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह आयोजक रहेको उक्त महोत्सव बाह्र दिन सम्म चलेको थियो । महोत्सवमा रामेछाप र आसपासका जिल्लाबाट आन्तरिक उत्पादन , चमेना गृह र व्यापारिक सामाग्रीका १ सय भन्दा बढी स्टल रहेका थिए । महोत्सवमा स्थानीय र राष्ट्रिय रुपमा चर्चित कलाकारले गित संगित र नृत्य प्रश्तुत गरेका थिए । महोत्सव आयोजकका अनुसार करिव १ लाख दर्शकले महोत्सवको अवलोकन गरेका छन ।
यसैविच नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा बरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरीसक्नु भएका उपाध्यक्ष ढकाललाई रामेछाप उद्योग वाणिज्य संघले सो पदका लागि समर्थन गरेको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ ।
लगानीका लागि कानुन सुधार्नुस – ढकाल
