शहीद परिवारलाई अपहेलना गरेकाले जुत्ता प्रहार गरे : रतन तिरुवा

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई आइतबार जुम्लाका रतन तिरुवाले जुत्ता प्रहार गरेका थिए ।

भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानले राष्ट्रिय सभा गृहमा आयोजना गरेको कार्यक्रममा दाहालमाथि यस्तो प्रहार गरिएको थियो ।

उनीमाथि जुत्ता प्रहार गरिएको थियो । सुरक्षाकर्मीले उनलाई जुत्ता प्रहार गर्ने युवालाई तत्काल नियन्त्रणमा लिए।

प्रहरी अधिकारीहरुका अनुसार दाहाललाई जुत्ता प्रहार गर्ने युवा कुनै समय उनकै नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का जिल्ला नेताका सन्तान हुन्। जुम्लाका तिरुवा राज्यपक्षबाट मारिएका मनबहादुर तिरुवाका छोरा भएको सुरक्षा अधिकारीहरुले बताएका छन्।

काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तमराज सुवेदीले पक्राउ परेका रतनले आफू शहीद परिवारको सदस्य भएको प्रारम्भिक बयान दिएको बताए। उनका अनुसार रतनले हालको सरकारले शहीद परिवारलाई अपहेलना गरेकाले बितृष्णाका कारण जुत्ता प्रहार गरेको बयान दिएका छन् ।

“म कुनै संगठनमा आवद्ध छैन, लोकसेवाको तयारी गरिरहेको छु,” तिरुवाको भनाई उद्धृत गर्दै एसएसपी सुवेदीले भने “हालको ब्यस्थाप्रति बितृष्णा जागेर जुत्ता प्रहार गरेको हुँ।” रतनका बिषयमा थप अनुसन्धान र सोधखोज भइरहेको एसएसपी सुवेदीले बताए।

१० वर्षे सशस्त्र द्वन्द्वको नेतृत्व गरेका दाहाललाई शान्ति प्रक्रियामा आइसकेपछि पाँचौ पटक आक्रमणको प्रयास भएको हो । अधिकांश आक्रमणमा उनकै पूर्वकार्यकर्ताको संलग्नता रहेको देखिन्छ ।

दाहालको सुरक्षाका लागि सरकारले अन्य पूर्व प्रधानमन्त्रीहरुभन्दा बढी सुरक्षाकर्मी खटाएको छ।

दाहालको सुरक्षामा लागि सशस्त्र प्रहरीका निरीक्षकको कमाण्डमा ४७ जना सुरक्षाकर्मी खटिएका छन्।

बेलाबेला आफूलाई सुरक्षा खतरा रहेको बयान दिँदै आएका प्रचण्डलाई १० वर्षलामो युद्धमा साथ दिएका लडाकुबाट सबै भन्दा बढी असुरक्षा रहेको सुरक्षा निकायको बिश्लेषण छ। यस्तै तत्कालिन नेकपा माओवादीबाट छुट्टिएका दल, युद्धताका बाहिरीएका नेता र अयोग्य लडाकु प्रचण्डको सुरक्षा थ्रेट हुन्।

“उहाँ(दाहाल) को सुरक्षाका लागि नियमित नै सुरक्षा रणनीति परिवर्तन भैरहेको छ, यस्तै उहाँ आफै पनि निकै सर्तक हुनुहुन्छ,” दाहालको सुरक्षा हेरिरहेको सशस्त्र प्रहरीका एक वरिष्ठ अधिकारीले भने। उनका अनुसार पछिल्लो समय युद्धमा मारिएका परिवारका आफन्तबाट समेत उनलाई सुरक्षा चुनौती रहेको छ।

सिफारिस

बालकृष्ण खाणभन्दा पहिले टोपबहादुर रायमाझी जेलमुक्त हुने

काठमाडौं - सर्वोच्च अदालतबाट नक्कली भुटानी शरणार्थी प्रकरणमा ४ वर्ष कैद सजाय पाएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी करिब १० महिनापछि जेलमुक्त हुने भएका छन्। रायमाझी २०८०...

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय निर्धारण गरिएको छ । आज मंगलबार जिल्ला अदालत...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ। १०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको...

भर्खरै

कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद

काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका...

लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव,...

आज देशभरका सरकारी कार्यालयमा झन्डा आधा झुकाइने

कतारका पूर्वअमिर शेख हमिद बिन खालिफा अल थानीको मृत्युको...

पनौतीमा धान गोडमेलको चटारो (तस्वीरहरू)

काभ्रे - काभ्रेपलाञ्चोकको पनौती क्षेत्रमा यतिबेला किसानहरू धान गोडमेलमा...

नेपाल मेडिसिटी र ललितपुर चेम्बर अफ कमर्सबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता

काठमाडौं – नेपाल मेडिसिटी हस्पिटल र ललितपुर चेम्बर अफ...

जलन हुनासाथ के गर्ने ? यस्ता छन् ध्यान दिनुपर्ने कुराहरू

काठमाडौं - इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल...

धेरै पढिएको