प्रधानमन्त्रीको जिम्मेवारी ईश्वरलाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सरकार सञ्चालनमा अवरोध हुन नदिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री नेपालमा हुँदा कसैलाई पनि कार्यवाहक दिने प्रचलन नभएकाले कार्यवाहक प्रधानमन्त्री नभनी उनलाई कार्यवाहक प्रधानमन्त्रीसरहकै जिम्मेवारी दिइएको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय भएको हो।

अत्यावश्यक निर्णय गर्नुपरे पोखरेलले मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने तथा प्रधानमन्त्री स्वस्थ हुँदै गएपछि मुख्यसचिवले प्रधानमन्त्रीलाई बैठकका अजेन्डा जानकारी गराएर मन्त्रिपरिषद्को बैठक राख्नेगरी जिम्मेवारी दिइएको स्रोतले जनाएको छ।

‘प्रधानमन्त्री स्वदेशमै भएका बेला कसैलाई पनि औपचारिक रुपमा कार्यवाहक प्रधानमन्त्री दिने चलन नभएकाले कार्यवाहक कसैलाई नभनिएको हो तर प्रधानमन्त्री नभएको बेला प्रधानमन्त्रीको काम उपप्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले गर्ने कुरा स्वाभाविकै हुन्छ’, बालुवाटार स्रोतले भन्यो। संविधानमा पनि प्रधानमन्त्री बिरामी भए वा अस्पताल भर्ना भए के गर्ने भन्ने व्यवस्था छैन। मन्त्रिपरिषद्को बैठकले केही आवश्यक निर्णय गरेको बताइए पनि त्यसलाई सार्वजनिक गरिएको छैन।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको