प्रधानमन्त्रीको जिम्मेवारी ईश्वरलाई

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण हुने भएपछि सरकार सञ्चालनमा अवरोध हुन नदिन कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पाएका छन्।

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री नेपालमा हुँदा कसैलाई पनि कार्यवाहक दिने प्रचलन नभएकाले कार्यवाहक प्रधानमन्त्री नभनी उनलाई कार्यवाहक प्रधानमन्त्रीसरहकै जिम्मेवारी दिइएको हो। आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा यो निर्णय भएको हो।

अत्यावश्यक निर्णय गर्नुपरे पोखरेलले मन्त्रिपरिषद् बैठक सञ्चालन गर्ने तथा प्रधानमन्त्री स्वस्थ हुँदै गएपछि मुख्यसचिवले प्रधानमन्त्रीलाई बैठकका अजेन्डा जानकारी गराएर मन्त्रिपरिषद्को बैठक राख्नेगरी जिम्मेवारी दिइएको स्रोतले जनाएको छ।

‘प्रधानमन्त्री स्वदेशमै भएका बेला कसैलाई पनि औपचारिक रुपमा कार्यवाहक प्रधानमन्त्री दिने चलन नभएकाले कार्यवाहक कसैलाई नभनिएको हो तर प्रधानमन्त्री नभएको बेला प्रधानमन्त्रीको काम उपप्रधानमन्त्री वा प्रधानमन्त्रीले तोकेको मन्त्रीले गर्ने कुरा स्वाभाविकै हुन्छ’, बालुवाटार स्रोतले भन्यो। संविधानमा पनि प्रधानमन्त्री बिरामी भए वा अस्पताल भर्ना भए के गर्ने भन्ने व्यवस्था छैन। मन्त्रिपरिषद्को बैठकले केही आवश्यक निर्णय गरेको बताइए पनि त्यसलाई सार्वजनिक गरिएको छैन।

सिफारिस

उद्योगमा लोडसेडिङ भए पनि घरायसी उपभोक्तालाई त्यो अवस्था आउँदैन : ऊर्जामन्त्री खड्का

काठमाडौ-  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले उद्योग क्षेत्रमा लोडसेडिङ रहे पनि घरायसी प्रयोजनका लागि लोडसेडिङ हुन नदिने सरकारको नीति रहेको बताएका छन्। बुधबार...

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत प्राधिकरणका सबै बैंक खाता रोक्का भएका छन्। ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजना निर्माण गर्ने...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा मनसुनजन्य विपदमा वेपत्ता भएका नागरिकको परिवारले क्षतिपूर्ति पाउने व्यवस्था गर्नुभएको छ । विस २०८० असार २...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चिनियाँ कम्पनीलाई समयमै भुक्तानी नगरेपछि विद्युत प्राधिकरणको सबै बैंक खाता रोक्का

काठमाडौं – गम्भीर वित्तीय संकटको सामना गरिरहेको नेपाल विद्युत...

उर्जामन्त्रीको पहलमा विपदमा वेपत्ता भएका नागरिकको परिवारले पाउने भए क्षतिपूर्ति

काठमाडौँ - उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको पहलमा...

प्रहरी महानिरीक्षक कुँवरसहित नौ उच्च अधिकारीको बिदाइ (तस्वीरहरू)

प्रहरी प्रधान कार्यालयले ३० वर्ष सेवा अवधि पूरा गरी...

को हुन् प्रहरी महानिरीक्षक बनेका दीपक थापा?

नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दीपक थापा...

सशस्त्र प्रहरीले गर्यो प्रहरी महानिरीक्षक कुँवरलाई बिदाइ (तस्वीरहरू)

काठमाडौँ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई सशस्त्र प्रहरी...

टिकटकर कुल ब्वायले गरे स्मार्ट पोइन्टको उद्घाटन

काठमाडौँ - अभिनेता तथा टिकटकर कुल ब्वायले स्मार्ट पोइन्ट...

धेरै पढिएको