चर्चका पादरीले मरेपछि स्वर्गमा पुर्‍याउने विश्वास दिलाउदै कोरोना भाइरस सारेपछि…

दक्षिण कोरियाको चर्चका पादरीहरुले कोरोना संक्रमितको नाम लुकाउँदा कैयौंको मृत्यु भएको खुलेको छ। सिञ्चेओन्जी चर्चले संक्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको छ।

आफूलाई जिसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका ८८ बर्षीय पादरी म्यान हिका करिब १ लाख ४४ हजार भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वास गर्दै भाइरस संक्रमण एक-अर्कोमा सारेको बताइएको छ। दक्षिण कोरियाबाहिर पनि यो धार्मिक समूहका करिब २० हजार भक्तजन रहेको बताइन्छ।

अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ भने ३ हजार ७३० जना संक्रमित भएका छन्। संक्रमितहरुमध्ये आधा संख्या त सञ्चेओन्जी चर्चकै सदस्यहरु रहेको बताइएको छ। यो संख्या घन्टैपिच्छे बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सञ्चेओन्जी चर्चका सदस्यहरुले एक–अर्कोलाई संक्रमित बनाएको र देशैभर कोरोना फैलाएको सरकारी अधिकारीहरुले बताएका छन्। वरिष्ठ सदस्य किम सीन च्याङले चर्चले गरेको गल्तीप्रति माफी मागेका छन्।

राजधानी सियोलको स्थानीय सरकारले अभियोजनकर्ताहरुलाई सो चर्चका संस्थापक म्यान ही र अन्य ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको छ।उनीहरुमाथि कोरियामा भाइरस संक्रमण आम रुपमा फैलनुअघि संक्रमितहरुलाई नियमन गर्ने क्रममा नाम लुकाएको आरोप लागेको छ। यतिखेर चीनपछि दक्षिण कोरियामा कोरोना भाइसर संक्रमणको अवस्था सबैभन्दा खराब छ।

सिफारिस

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ। कार्यशालामा एआई...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। ललितपुर महानगरपालिकाका...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी...

भर्खरै

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं - द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी र...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) टोली सुदूरपश्चिम रोयल्स र...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेका सात निर्णय

सरकारले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता शुल्क पूर्ण...

धेरै पढिएको