चर्चका पादरीले मरेपछि स्वर्गमा पुर्‍याउने विश्वास दिलाउदै कोरोना भाइरस सारेपछि…

दक्षिण कोरियाको चर्चका पादरीहरुले कोरोना संक्रमितको नाम लुकाउँदा कैयौंको मृत्यु भएको खुलेको छ। सिञ्चेओन्जी चर्चले संक्रमितको नाम लुकाएपछि कोरिया सरकारले धार्मिक सम्प्रदायका नेताहरुमाथि अनुसन्धान थालेको छ।

आफूलाई जिसस क्राइष्टको दोस्रो अवतार घोषणा गरेका ८८ बर्षीय पादरी म्यान हिका करिब १ लाख ४४ हजार भक्तजनहरुले आफूहरु मरेपछि पादरीले स्वर्गमा पुर्‍याउने विश्वास गर्दै भाइरस संक्रमण एक-अर्कोमा सारेको बताइएको छ। दक्षिण कोरियाबाहिर पनि यो धार्मिक समूहका करिब २० हजार भक्तजन रहेको बताइन्छ।

अहिलेसम्म दक्षिण कोरियामा कोरोना संक्रमणका कारण २१ जनाको ज्यान गएको छ भने ३ हजार ७३० जना संक्रमित भएका छन्। संक्रमितहरुमध्ये आधा संख्या त सञ्चेओन्जी चर्चकै सदस्यहरु रहेको बताइएको छ। यो संख्या घन्टैपिच्छे बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। सञ्चेओन्जी चर्चका सदस्यहरुले एक–अर्कोलाई संक्रमित बनाएको र देशैभर कोरोना फैलाएको सरकारी अधिकारीहरुले बताएका छन्। वरिष्ठ सदस्य किम सीन च्याङले चर्चले गरेको गल्तीप्रति माफी मागेका छन्।

राजधानी सियोलको स्थानीय सरकारले अभियोजनकर्ताहरुलाई सो चर्चका संस्थापक म्यान ही र अन्य ११ जनामाथि अनुसन्धान थाल्न निर्देशन दिएको छ।उनीहरुमाथि कोरियामा भाइरस संक्रमण आम रुपमा फैलनुअघि संक्रमितहरुलाई नियमन गर्ने क्रममा नाम लुकाएको आरोप लागेको छ। यतिखेर चीनपछि दक्षिण कोरियामा कोरोना भाइसर संक्रमणको अवस्था सबैभन्दा खराब छ।

सिफारिस

सांसद एकनाथ ढकालद्वारा इटाली संसदमा सम्बोधन

रोम, इटाली - सांसद एकनाथ ढकालले अन्तरसंसदीय संघ (IPU) को आयोजनामा इटाली संसद भवनमा सम्पन्न दोस्रो अन्तरआस्थीय संवाद सम्मेलनमा सम्बोधन गरेका छन्। “हाम्रो साझा...

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘म्याङ्गो राइड’ शुक्रबारदेखि सुरु भएको छ। ललितपुरको जाउलाखेलबाट सुरु भएको राइडको उद्घाटन नेपाल...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को आज उद्घाटन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

स्थानीय अर्ग्यानिक आँप प्रवर्द्धन गर्न ‘म्याङ्‍गो राइड’ सुरु

काठमाडौँ — स्थानीय अर्ग्यानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना...

भिडियो र फोटोमा हेर्नुस् उद्घाटनअघि यस्तो देखियो ग्वार्कोको ‘ओभरपास’

काठमाडौं - काठमाडौं उपत्यकाको निकै व्यस्त सडक ललितपुरस्थित ग्वार्को...

बालुवाटारमा सत्तारुढ दुई दलका ८ नेता छलफलमा

सत्तारुढ दुई दल नेपाली कांग्रेस र एमालेका ८ नेता...

एमसीसीको पूर्ण कार्यान्वयन हुन्छ : अमेरिकी दूतावास

संयुक्त राज्य अमेरिकाको अनुदानसम्बन्धी सम्झौता ‘मिलेनियम च्यालेन्ज कम्प्याक्ट’ कार्यान्वयनले...

यसकारण उच्च अदालतले नगर प्रहरी प्रमुख राजु पाण्डेको पक्षमा दियो आदेश

उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुख राजुनाथ...

बाढीबाट हुने जाेखिम न्यूनिकरणका लागि उपप्रधानमन्त्री सिंहकाे चासाे, गरे धाेबिखाेला अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले...

धेरै पढिएको